१३ आश्विन २०८१ आइतबार
image/svg+xml

महोत्तरीमा बाढीले बगाएका बालक मृत अवस्थामा फेला

महोत्तरीको गौशाला नगरपालिका ८ कुस्मा दीमा सोनी नदीले बगाएका स्थानीय १६ वर्षीय रोहित साह मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं उपत्यकामा २३ जनाको मृत्यु, साधन बिना उद्धारमा प्रहरी

एसएसपी घिमिरेका अनुसार प्रहरीले सीमित स्रोतसाधनका बाबजुद उद्धार कार्य गरिरहेको छ । ‘हामीसँग जम्मा दुई वटा मात्रै डुङ्गा छ । ती डुङ्गा,डोरी, टायर र लाइफ ज्याकेटको मद्दतले उद्धार गर्नुपरिरहेको छ,’ उनले भने, ‘जे सुकै भए पनि हाम्रो टोलीले हरेस नखाएर जोखिम मोल्दै काम गरिरहेको छ ।’

निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न विभागीय संरचनाको जिम्मेवारी दिइने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले निर्वाचनमा पराजित भएका पूर्वपदाधिकारीलाई महत्वपूर्ण जिम्मेवारी दिने भएको छ । पार्टी सङ्गठनलाई थप एकता र सुदृढ गर्न निर्वाचनमा पराजित पदाधिकारीलाई समेट्न कुनै भूमिका तथा जिम्मेवारी दिन लागिएको हो ।

सर्वोच्च अदालतको न्यायाधीश सिफारिसमा आर्थिक चलखेल भयोः बार अध्यक्ष घिमिरे

शुक्रबार न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई सिफारिस गरेको केही घण्टापछि काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष घिमिरेले उक्त आरोप लगाएका हुन् ।

वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउन आवश्यक: प्रमुख कार्यकारी अधिकृत ज्ञवाली

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाललाई बाह्य वित्तीय स्रोत आवश्यक छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नेपाललाई बाह्य वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् ।

एएफसी यू–२० एसियन कप : नेपाल बहराइनसँग पराजित

नेपाल एएफसी यू–२० एसियन कप २०२५ छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएको छ ।

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न अष्ट्रेलियाका एन्ड्रयु गिलानको निवेदन

राष्ट्रिय पुरुष सिनियर टिमको मुख्य प्रशिक्षकमा खुल्ला दर्तास्त आह्वान गर्दै एन्फाले गत सेप्टेम्बर १६ मा सूचना जारी गरेको थियो ।

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार क्यानडासँग खेल्ने

टी–२० त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले शनिवार क्यानडासँग खेल्न लागेको छ।

श्रीलंकामा नयाँ राष्ट्रपति र नेपाल

नेपाल र श्रीलंकाको सम्बन्धबारे कुरा गर्दा के कुरामा स्पष्ट हुनु जरुरी छ भने विश्वमा ठूलो संख्यामा बौद्ध धर्मावलम्बी भएका मुलुक धेरै छन्। जस्तै–श्रीलंका, म्यानमार, थाइल्यान्ड, दक्षिण कोरिया, जापान, मंगोलिया, चीन, भारत आदि।

संघीय राजधानी काठमाडौं कन्टेनरजस्तो भयो : नारायणमान बिजुक्छेँ

देशभरिका सवै मानिस जम्मा हुने कन्टेनर जस्तो राजधानी काठमाडौं भएको बताउँदै अध्यक्ष बिजुक्छेँले चोर, डाँंकादेखि लिएर सवैको आकर्षण काठमाडौं बनेको र यसले काठमाडौं अस्तव्यस्त भएको बताए ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति: झण्डै ३१ अर्बले चालु खाता बचतमा

चालु आर्थिक वर्षको पहिलो महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ अर्ब ५२ करोड रुपैयाँले बढी हो।

मुल्यवृद्धि ४.१० प्रतिशतमा सीमित, काठमाडौंमा भन्दा तराईंमा बढ्यो महंगी

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मुल्यवृद्धि) ४.१० प्रतिशतमा सीमित रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा कम हो।

पुनरुत्थान अभावमा लोकप्रिय बन्न सकेन नेपाली पर्यटन

सरकारसँग स्पष्ट सोच नहुँदा नेपालको पर्यटन लोकप्रियता कमाउने साँचोका रूपमा स्थापित भइरहेको गुनासो व्यवसायीले गरेका छन्।

नेपाल प्रहरीका २४ जना कर्मचारी सम्पर्कबिहीन, ७ दिनभित्र हाजिर हुन उर्दी

प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सूचना जारी गर्दै विभिन्न पदका २४ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन उर्दी जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्