२९ वर्ष पछि पक्राउ
लिखत सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले २९ वर्ष पछि पक्राउ गरेको छ ।
लिखत सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले २९ वर्ष पछि पक्राउ गरेको छ ।
ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको हिमाली संरक्षण मञ्चले चालु आर्थिक वर्षमा रेडपाण्डा संरक्षण अभियानका लागि झन्डै दुई करोड रूपैयाँ खर्चने भएको छ।
‘कालो सुन’ ले परिचित अलैंचीको नयाँ उत्पादन बजारमा आउँदा यसबर्ष अघिल्लो बर्षभन्दा २५ हजार प्रतिमन (४० किलोग्राम) बढेर कारोबार सुरु भएको छ।
गत एक आर्थिक वर्षमा जम्मा ६ वटा गैर आवासीय नेपाली नागरिकता जारी गरेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट चालू आवको पहिलो महिनामै तीनवटा यस्तो प्रकृतिका नेपाली नागरिकता जारी भएका छन्।
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले विधागतरुपमा सम्पर्कमा आएका खेलाडीले दिएको आवेदनका आधारमा राष्ट्रिय खेलकुद प्रतियोगितामा छनौट गरिने जानकारी दिए ।
जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा आउनेभन्दा दर्ता वा जाने चिट्ठीपत्र बढी हुने गरेको पाइएको छ।
यस्तै २२ बालिका र १६ बालक गरी कूल कूल ३८ बालबालिका न्यून दृष्टीयुक्त अपाङ्गताको समस्या झेलिरहेका छन्। यहाँ ८२ जना बालबालिका पूर्ण दृष्टीबिहिन छन्।
गत जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङको फुङलिङमा सञ्चालित ताप्लेजुङ पर्यटन महोत्सवमा महोत्सव मूल आयोजक समितिमार्फत झण्डै ५० लाख रुपैयाँको कारोबार भएको छ ।
डिभिजन वन कार्यालय ताप्लेजुङले आव २०८०/८१ मा रितपूर्वकको प्रक्रिया र आवेदन नपरेपछि वन्यजन्तुबाट भएको क्षतिवापतको राहत रकम वितरण नगरेको बताएको छ।
जिल्ला कारागार ताप्लेजुङमा कूलमध्ये पचास प्रतिशतभन्दा बढी जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगको मुद्दा झेलिरहेका कैदी तथा थुनुवा रहेको पाइएको छ ।
ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ। सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो।
ताप्लेजुङमा १८ करोड ७२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ। आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ७२ लाख १६ हजार सात सय ९३ राजस्व सङ्कलन भएको हो।
ताप्लेजुङमा आर्थिक बर्ष २०८०/८१ को एकबर्षे अवधिमा ६४ वटा विपद्का घटनाबाट ९ जनाको मृत्यु र ३ जना घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०८०/८१ मा ६ वटा गैरआवासीय तथा १३ वटा वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।
ताप्लेजुङ जिल्ला अदालतले आर्थिक वर्ष २०८०/८१ मा लक्ष्य भन्दा ४ प्रतिशत बढी मुद्दा फर्स्योट गरेको छ।