१७ भाद्र २०८३ बुधबार
image/svg+xml

आकस्मिक बाढीको उच्च जोखिम

जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीसहितका आसपासका नदीमा आज पानीको सतह बढ्ने र आकस्मिक बाढीको उच्च सम्भावना रहेको जनाएको छ।

सेनाजस्तै देखिने ‘ग्रीन आर्मी’ को गतिविधिमाथि एमाले महासचिव पोखरेलको प्रश्न

सामाजिक सञ्जालमार्फत उनले विद्यालयहरूमा शाखा र ५२ जिल्लामा सञ्जाल रहेको दाबी गरिएको यो संस्थाको संचालन स्रोत के हो भनेर उनले चासो व्यक्त गरेका हुन्।

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताएका छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा रु १२ लाख २७ हजार सहयोग

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेवान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ लाख २७ हजार ७७६ सहयोग गरेको छ।

राहत सामग्री विपद् कोषबाट तत्काल खरिद गर्न सुमना श्रेष्ठको सुझाव

श्रेष्ठले सामाजिक सञ्जालमार्फत विपद् कोषको उद्देश्य नै विपद्का बेला आवश्यक सामग्री तत्काल उपलब्ध गराउनु भएकाले सामान्य सार्वजनिक खरिद प्रक्रियाजस्तो लामो प्रक्रिया अपनाउन नहुने बताएकी हुन्।

सुनको मूल्य आठ हजार ८ सय रुपैयाँले घट्यो

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चाँदी चार हजार ७ सय ६५ रुपैयाँ रहेकोमा बुधबार १८५ रुपैयाँले घटेर चार हजार ५ सय ८० रुपैयाँ कायम भएको छ।

बाढी क्षेत्रमा आपत्कालीन स्वास्थ्य सेवा

भोटेकोसी बाढीबाट मानिस र घरजग्गा मात्र बगेनन्, रसुवा, नुवाकोट, धादिङका स्वास्थ्य चौकीसमेत प्रभावित भए।

राज्यसँग आस मार्दै नागरिक: कुशको शव बनाएर धमाधम अन्त्येष्टि

यात्रामा रहेका परिवारका सदस्य सम्पर्कबाहिर पुगेपछि आफन्त र छिमेकी खोजीमा जुटे र जीवितै भेटिने आशामा बेत्रावतीसम्म पुगे।

तास्मानियाविरुद्ध नेपाल 'ए' १९२ रनमा अलआउट

तास्मानियाविरुद्धको खेलमा नेपाल 'ए' १९२ रनमा अलआउट भ'ए'को छ। नेपाल 'ए' ले ४३.३ ओभरमा सबै विकेट गुमाउँदै १९२ रन बनाएको हो।

रूस–युक्रेन युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ्न सक्ने : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध जारी रहेसम्म युक्रेनी ड्रोन गतिविधिका कारण रूसको हवाई क्षेत्र नागरिक उड्डयनका लागि असुरक्षित बन्न सक्ने बताएका छन्।

भाेटेकाेशी बाढी: भत्किए ७५७० घर

भोटेकोसी–त्रिशूली बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहमा सात हजार ५७० सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्।

भोटेकोशी बाढी : मृतक संख्या एक हजार १२७ पुग्यो, चार हजार ८५८ सम्पर्कविहीन

घाइते तथा उद्धार गरिएका व्यक्तिको कुल संख्या ६ हजार ५४१ रहेको प्रहरीले जनाएको छ। यसमध्ये चार हजार ८६ पुरुष, एक हजार ९२२ महिला र ५३३ जनाको विवरण नखुलेको छ।

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्।

रसुवा बाढीः श्वास वा लास नपाउँदा परिवार निराश

विनाशकारी बाढीले बगाएर ल्याएका शवहरु ठाउँ-ठाउँमा भेटिएपछि श्रीमानको खोजीका लागि जेठाजु र भाईलाई कमलाले चितवनसम्म पठाईन्।

रसुवामा बेपत्ता नौ जनाको खोजी गर्न अत्याधुनिक उपकरणसहित नेपाल पुग्यो ४४ सदस्यीय कोरियाली टोली

टोलीसँग पाँच वटा उद्धार कुकुर र बेपत्ता व्यक्तिको खोजीमा प्रयोग हुने अत्याधुनिक उपकरण पनि छन्। तीमध्ये उच्च क्षमताका ड्रोन, भग्नावशेषभित्र रहेका व्यक्तिको आवाज तथा भिडियो पहिचान गर्ने उपकरण र तापीय दृश्य देखाउने उपकरण छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्