नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान दर्शकले खचाखच बनेको छ । प्रतियोगिताको उद्घाटन खेल हेर्न क्रिकेटप्रेमीको उल्लेख्य उपस्थिति देखिएको छ ।
लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको उद्घाटन खेल हेर्न मैदान पुगेका दर्शकले प्यारापिट भरिभराउ बनेको छ । खेलप्रति दर्शकको उत्साह र क्रिकेटप्रतिको बढ्दो आकर्षण मैदानमा देखिएको उपस्थितिले झल्काएको छ ।
एनपीएलले नेपाली क्रिकेटलाई थप लोकप्रिय बनाउने अपेक्षाका बीच त्रिवि मैदानमा देखिएको दर्शकको उपस्थितिले प्रतियोगिताको रौनक बढाएको छ ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
प्रकाशित: ९ कार्तिक २०८३ २१:०२ सोमबार


-600x400.jpg)


