१२ मंसिर २०८१ बुधबार
image/svg+xml

‘सत्ताको सिढी बनाए सखाप हुन्छ’

दोस्रो जनआन्दोलनको अवतरणसँगै सुरु भएको मधेस विद्रोहबाट मधेसी जनअधिकार फोरम, नेपालको जन्म भयो। मधेस आन्दोलनको प्रभावले प्रथम संविधानसभा निर्वाचनमा फोरमको राम्रो स्थान आयो। त्यसपछि एमालेबाट विद्रोह गरेर गठन भएको संघीय समाजवादी पार्टीसँग एकीकरण भई संघीय समाजवादी फोरम बन्यो। मुलुकमा नयाँ संविधान जारी भएको करिब साढे तीन वर्षपछि नयाँ शक्ति पार्टीसंग एकीकरण भई समाजवादी पार्टी नेपाल गठन हुन पुगेको छ।

पुरुषको भन्दा महिलाको स्मरण शक्ति किन बढी ?

पुरुषको तुलनामा महिलाको स्मरण शक्ति बढी हुन्छ। यो कुरा सुन्दा तपार्इंलाई पत्यार नलाग्न सक्छ। हालै अमेरिकाको ‘सिंगटन विश्वविद्यालय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरण शक्ति बढी भएको दाबी गरेको छ।

एकैपटक ४ पार्टीबीच एकीकरण गर्न राजपाको सुझाव

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकीकरण प्रक्रिया टुंगिनै लाग्दा राष्ट्रिय जनता पार्टी नेपाल र जनमुक्ति पार्टीले एकै पटक ४ पार्टीबीच एकीकरण गर्न सुझाव दिएका छन्। तर नयाँ शक्ति र फोरमका नेताहरूले भने एकैपटक ४ पार्टीबीच एकीकरण गर्न केही दिन समय लाग्ने भएकोले तत्काल दुई पार्टीबीचको एकता अघि बढाउने जनाएका छन्। बिहीबार दिउँसो नयाँ शक्ति पार्टी कार्यालयमा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्तिक संयोजक डा.बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो तथा जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापाले छलफल गरी पार्टी एकीकरण वार्ता र छलफल गर्दै जाने सहमति जनाएका छन्।

फोरम–नयाँ शक्ति एकता तयारी तीव्र, राजपा–फोरम एकता पत्रमै सीमित

लामो समयदेखि एकताको चर्चामा रहेको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच बैशाख २३ गते एकता घोषणाको तयारी भएको छ।

संघीय फोरम र नयाँ शक्तिबीच एकीकरणको तयारी

संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच पार्टी एकीकरणको तयारी सुरु भएको छ। वैशाखभित्र एकीकरण गर्ने गृहकार्य भइरहेको दुवै पार्टीका नेताहरूले जनाए। संघीय फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण घोषणा गरी सरप्राइज दिने तयारी भएको स्रोतको भनाइ छ।

बढ्दै छ नेपालीकाे खर्च गर्ने क्षमता

देशमा स्थायी सरकारले आफ्ना योजनासहित कार्यक्रम कार्यान्वयनमा लगेपछि नेपाली प्रतिव्यक्ति आय बढ्न गई खर्च गर्न सक्ने क्षमतामा समेत बढोत्तरी भएको केन्द्रीय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए।

विदेशीहरू सल्बलाए, राष्ट्रियता खतरामा पर्‍यो : कोइराला

विदेशी शक्तिहरू सल्बलाइरहेकाले राष्ट्रियता कमजोर भएको उनको भनाइ छ। राष्ट्रियता संरक्षणका लागि कांग्रेस सबैसँग सहकार्य गर्न तयार रहेको उनले बताए।

‘नेपालमा नौ लाख युवा बेरोजगार’

मुलुकमा नौ लाख युवामात्रै बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले एक वर्ष लगाएर गरेको तेस्रो नेपाल श्रम शक्ति सर्वेक्षण २०७४/७५ ले नेपालमा १५ वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्यामध्ये नौ लाख आठ हजार व्यक्ति बेरोजगार रहेको देखाएको छ।

‘विकास जनता र सरकारको एउटै प्राथमिकता’

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जनता र सरकारको एउटै प्राथमिकता विकास भएको बताएका छन्।

इआइएले विकास आयोजना नरोकिने

वातावरण प्रभाव मूल्याङ्कन (इआइए) का कारण विकास आयोजनाहरू नरोकिने भएका छन्। इआइए प्रक्रियालाई पूर्वाधार विकासको प्रमुख बाधक मानिँदै आएको छ। ५० दिन भित्रमा इआइए सकिने गरी ऐन संशोधन गरिएकाले जनताको विकासको चाहनालाई पूरा हुने वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताए।

दौरा सुरुवाल नलगाएसम्म सिंहदरबारमा पुग्न गाह्राे छ: बाबुराम

गत फागुनमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दौरा सुरुवाल लगाएको तस्बिर ट्वीटरमा राख्दा त्यो तस्बिर भाइरल नै भयो।उनलाई फलोअरहरूले सकारात्मक र नकारात्मक दुवै टिप्पणी गरे। प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल नलगाएका डा. भट्टराईले नागरिक नेटवर्कको कार्यक्रम ‘ढुक्क हुनुस्ः केही नहुन्जेल केही पनि हुँदैन’ नामक कार्यक्रममा नेताले दौरा सुरुवाल लगाउनुको रहस्य खोलेका छन्।

विश्व शान्तिको कामना गर्दै मन्दिरमा पूजा

हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन्। नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन्।

देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड

चैतेदशैँ र रामनवमी पर्वका अवसरमा विहीवार बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको हो।

‘म सधैंभरी पदमा बस्ने हो र! आफू होइन सिस्टमलाई शक्तिशाली बनाउन खोजेको हुँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सिस्टमलाई शक्तिशाली बनाउन खोजेको बताएका छन्। उनले आफू सधै पदमा नरहने भन्दै विकास र सुशासनका लागि सिस्टम बलियो हुनुपर्ने तर्क गरे।

सरकारलाई दबाब दिन राजपाले शक्ति प्रदर्शन गर्ने

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले शुक्रबार देशभर शक्ति प्रशर्दन गर्ने भएको छ। सरकारलाई दबाब दिने उद्देश्यले राजपाले देशभर प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। शुक्रबारको प्रदर्शनका लागि राजपाले सबै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्