थारु माघी महोत्सवमा घोँगी र भक्का खानेको भीड
‘भक्का छ ? घोँगी नि ?’ यतिबेला टुँडिखेलमा यही प्रश्न दोहोरिँदै सुनिन्छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिनसम्म चल्ने थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएसँगै थारु समुदायका परम्परागत परिकार चाख्नेहरूको भीड लागेको छ।

