६ आश्विन २०८१ आइतबार
image/svg+xml

अछामका स्वास्थ्य संस्था स्थानीयतहलाई हस्तान्तरण

अछाम जिल्लाका सबै स्वास्थ्य संस्था चैत पहिलो साताबाट स्थानीयतहलाई हस्तान्तरण गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुंवरमार्फत सबै स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको हो।

दुबई प्रहरीद्वारा श्रीदेवीको शव परिवारलाई हस्तान्तरण

दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव उनको परिवारलाई हस्तान्तरण गरेको छ। परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व उनको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको जनाएको थियो। सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उनको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ।

गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो।

मुसहर बस्ती हस्तान्तरण आज

धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना मुसहर बस्ती मंगलबार हस्तान्तरण गर्न लागिएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो ।

मैलुङ–स्याफ्रुवेशी सडक अन्तिम चरणमा, वैशाखमा हस्तान्तरण गरिने

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गल्छी बेत्रावती मैलुङ स्याफ्रुबेशी सडक आगामी वैशाखदेखि सञ्चालनमा आउने भएको छ। काठमाडौंबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा परिचित मैलुङ स्याफ्रुबेशी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको नेपाली सेनाले जनाएको छ।

ट्राफिकद्वारा सडकमा भेट्टाएको रकम हस्तान्तरण

माघ १ गते सांझको समयमा दुहवी भलुवा ३ स्थित ट्राफिक प्रहरी पोष्ट बिटदेखि २० मिटर उत्तरमा ट्राफिक चेकजाँच गरिरहेको अवस्थामा फेला परेको नगद ६५ हजार रुपैयाँ विहीबार ट्राफिक प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जिल्ला सुनसरी दुहवी ६ बस्ने विरजु कुमार साहुलाई हस्तान्तरण गरेका हुन्।

सत्ता हस्तान्तरणमा सधैं सकस

आवधिक निर्वाचन र शान्तिपूर्ण सत्ता हस्तान्तरणलाई प्रजातन्त्रको सुन्दर पक्षको रूपमा लिइन्छ । तर पछिल्लो डेढ दशकदेखि नेपालको सत्ता हस्तान्तरणमा सधैं सकसपूर्ण र झन्झटिलो हुँदै आएकोछ ।

सत्ता हस्तान्तरणको ढिलाइ

संविधान निर्माणपछि भएको पहिलो आमनिर्वाचन नेपाली कांग्रेसका लागि धेरै किसिमले अनुकूल थियो । बृहत् शान्ति सम्झौतामार्फत सशस्त्र हिंसामा रहेको माओवादीलाई जंगलबाट सिंहदरबारमा ल्याएको जस लिँदै आएको कांग्रेसका लागि आफ्नै नेतृत्वमा संविधान जारी गराएको अर्को ठूलो मुद्दा थियो ।

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफु आतुर भएको बताएका छन्। चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले मन्तब्यको क्रममा भने ‘संवैधानिक प्रकृयामा सवैबाट सवै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको छु ।

प्रहरीले बुझेका दुई भालु वन कार्यालयलाई हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रौतहटले दुईवटा भालु समातेर जिल्ला वन कार्यालयलाई बुझाएको छ। भालुलाई नियन्त्रणमा राखेर नाच देखाउँदै हिँड्नु कानुनअनुसार अपराध हो। दुई व्यक्तिले सो कार्य गर्दै आएका थिए। बुधबार भालु नचाउनेहरु महमद सलमा र महमद ममताजले प्रहरीलाई भालु बुझाएका हुन्।

सत्ता हस्तान्तरण गर्न आतुर छु : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश तत्काल स्वीकृत गरिदिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । राष्ट्रपतिलाई भेट्न बिहीबार शीतलनिवास पुगेका देउवाले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नहुँदा सत्ता हस्तान्तरणमा समेत अन्योल भइरहेको भन्दै स्वीकृत गरिदिन आग्रह गरेका हुन् ।

‘गेट स्मार्ट गेट रिपब्लिका’का विजेतालाई स्कुटर हस्तान्तरण

नेपाल रिपब्लिक मिडियाले संञ्चालन गरेको गेट स्मार्ट गेट रिपब्लिका ग्राहक योजनाअन्तर्गत गत महिनाका विजेता महादेवटारका अभनेशा सिवाकोटीलाई अप्रिला १५० सिआर स्कुटर हस्तान्तरण गरिएको छ । बुधबार नेपाल रिपब्लिक मिडियामा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले स्कुटरको चासोँ हस्तान्तरण गरेकी थिइन् ।

ओलीलाई तीन लाख २५ हजार हस्तान्तरण

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले रु तीन लाख २५ हजार ७८० बुझाएको छ।

जिआइजेडद्वारा निर्मित गोदामघर सरकारलाई हस्तान्तरण

रसुवामा विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री भण्डारण गरेर राख्ने उद्देश्यले गोदाम घरको निर्माण गरिएको छ। विपद व्यवस्थापनका लागि गोदाम घर नहुँदा विभिन्न कठिनाई भइरहेको अवस्थामा गोदाम घर निर्माणले विपद् पूर्वतयारीका सामाग्री सुरक्षित तथा व्यवस्थित गर्न सहज हुने विश्वास गरिएको छ।

काम पूरा नहुँदै हस्तान्तरण

सेनाले सम्झौताबमोजिम काम पूरा नगरी मैनाबती नदी नियन्त्रण तथा कुम्भीखाडी र सदामुसहर ताल संरक्षण कार्यक्रम राष्ट्रपति चुरे–तराई मधेस विकास समितिलाई हस्तान्तरण गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्