२३ असार २०८१ आइतबार
image/svg+xml

रास्वपाका ६ सांसद आजदेखि इलामका ६ पालिकामा खटिँदै

रास्वपाका अनुसार आज साँझ ६ जना सांसदहरू इलामका विभिन्न ६ पालिकामा पुग्नेछन्। भोलि ती ६ जनै सांसदहरूले इलामका नागरिकहरूसँग अन्तरक्रिया गर्ने र पर्सि फर्किने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

राष्ट्रियसभाको माघमा र उपनिर्वाचन वैशाखामा गर्न आयोगको परामर्श

निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त हुने स्थानको निर्वाचन आगामी माघको दोस्रो साता र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचन वैशाखमा गर्न नेपाल सरकारलाई परामर्श दिएको छ।

स्थानीय तहका २१ पदमा उपनिर्वाचन हुँदै

नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ १९ मा डेंगीबाट निधन भयो।

पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण कांग्रेसले नगर्ने

नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरुको सदस्यता नवीकरण नगर्ने भएको छ।

उपनिर्वाचनको खर्च सुनेर छक्क पर्छन चितवनका जनता

गत वैशाख १० गते भएको चितवन क्षेत्र नं. २ का उम्मेदवार सबैले खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। तर उम्मेदवारले पेश परेको खर्च विवरण थाहा पाएर चितवनका जनता छक्क परेका छन्।

निर्वाचनबारे समीक्षा जरुरी : नेता कोइराला

नेपाली कांग्रेसका नेता प्रा डा शशाङ्क कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्।आज चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए।

उपनिर्वाचन: कस्तो त्रास, कत्रो आस?

हालै मात्र तनहुँ, चितवन र बाराको उपनिर्वाचन सम्पन्न भएको छ। स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई हराउन १० दलीय गठबन्धनले साझा उम्मेदवार उठायो र मत माग्न प्रधानमन्त्री लगायतका शीर्षस्थ नेताहरूले जिल्लाको दौडाहा गरे।

कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

निर्वाचन आयोगले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष यही वैशाख १० मा सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गरेको छ।

पुराना दलप्रति जनआक्रोश

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका लागि यही वैशाख १० गतेको उपनिर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्’ भने जस्तै भयो।

उपनिर्वाचन उपक्रम

राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ४ को निर्वाचनमा विजय हासिल गरेका यो ठाउँमा पुनः कांग्रेस उम्मेदवार विजयी हुन सकेनन्। यसले कांग्रेस मतदाताबीच लोकप्रिय हुन नसकेको सन्देश गएको छ।

बारा-२ उपनिर्वाचन: उपेन्द्र यादव ४ हजार बढी मतले अगाडि (अपडेट)

बारा २ मा भएको उपनिर्वाचनको मतपरिणामको पछिल्लो अपडेट अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायमै छ।

रवि भारी मतले विजयी, अघिल्लो निर्वाचन भन्दा झण्डै ५ हजार बढी मत

प्रतिनिधिसभा सदस्य उपनिर्वाचन २०८० अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने भारी मतले विजयी भएका छन्।

रविलाई बधाई दिँदै जीतनारायण श्रेष्ठले भने, 'अब ठुला दल कि सच्चिनुपर्छ कि सक्किनुपर्छ'

चितवन–२ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ पराजय स्वीकारेका छन्। चुनावको आधिकारिक मतपरिणाम नआउँदै श्रेष्ठले हार स्वीकार गर्दै स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिएका हुन्।

तनहुँ १ उपनिर्वाचन: डा वाग्ले १०५३७,भट्टराई ५३३६

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन।

तनहुँ १ उपनिर्वाचन: डा वाग्लेको ७२९३ मत सहित अग्रता दोब्बर

हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले सात हजार दुई सय ९३ प्राप्त गरेका छन। नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ मत प्राप्त गरेका छन।। नेकपा (एमाले) का सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्