६ आश्विन २०८१ आइतबार
image/svg+xml

सप्तकोसीमा पानीको बहाव घटबढ

कोशी ब्यारेजमा अहिले पश्चिम र पूर्वतर्फ खतराको संकेत रातो बत्ती बालिएको छ। तर, तटीय क्षेत्रमा भने कुनै समस्या नभएको कोही आतिनुपर्ने अवस्था नभएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेष पोखरेलले बताए।

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

पैदल यात्रीलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक एक महिनापछि पक्राउ

ठक्कर दिने मोटरसाइकल चालक फरार भएपछि प्रहरीको निक्कै आलोचना भएको थियो। अन्ततः झण्डै एक महिनाको मेहनत पछि प्रहरीले उक्त घटनाको मुख्य आरोपीलाई पक्राउ गर्न सफल भएको छ।

कोशी टप्पु आरक्षः तीन पाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई रोक

कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १४ वटा हात्तीको समूह संगठित भएपछि उच्च सुरक्षा सावधानी अप्नाइएको छ। सुरक्षा सावधानी अप्नाएसँगै आरक्षमा तीन पाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई आरक्षको पूर्वी क्षेत्रमा रोक लगाइएको छ।

केरा बगैँचामा लुकाएर राखिएको ४९ किलो गाँजा बरामद

गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्।

कोशी टप्पु क्षेत्रमा पाँच सय बढी हेक्टर जग्गा अतिक्रमण

कोशी टप्पु वन्य जन्तु आरक्ष तथा आसपासका क्षेत्रको पाँच सयभन्दा बढी हेक्टर जग्गा अतिक्रमण गरि बग्रेल्ती घर निर्माण भएका छन्। सुनसरी, सप्तरी र उदयपुर क्षेत्रको जग्गा अतिक्रमण गरि क्रंक्रिट र फुसका छानाका घर निर्माण भएका हुन्।

पूर्वमा चराको संख्या २२ प्रतिशतले बढ्यो

पूर्वी नेपालमा चराको वासस्थानको रुपमा चिनिएको सुनसरीको दक्षिणी क्षेत्र बर्जुताल र कोशी टप्पुमा यस वर्ष संख्याका आधारमा २२ प्रतिशतले चराको संख्या बढेको छ।

सप्तकोशीको पूर्वी र पश्चिमी भँगालाको बीचको बस्तीमा बिजुली

सप्तकोशी पूर्वी तटवन्ध प्रकाशपुरबाट कोशीको मुख्य भँगालो पार गरेर झन्डै तीन किलोमिटर वालुवै वालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ।

चीन र भारत जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग छिट्टैः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन्।

कोशी लोकमार्गको दर्जनौं स्थानमा पहिरो

कोशी लोकमार्ग अन्तर्गत पर्ने धरान धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका–६ पात्ले खोला, फोक्ल्याण्ड टापु, जिरोपोईन्ट, ढाट, गुठीटार, रुद्रबारी लगायतको दर्जर्नौ स्थानमा पहिरोले सडक अवरुद्ध भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

सप्तकोशीले पूर्वी तटबन्धको दुईवटा स्पर निरन्तर कटान

सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तह पार गरेर क्रमशः घट्दै गएपनि पूर्वी तटबन्धको सुनसरी बराहक्षेत्र वडा नं. ६ को दुईवटा स्परमा कटान थालेको छ । बराहक्षेत्र वडा नं. ६ को ठाकुरबारीमा रहेको स्पर नं. ९ र १० स्परमा कटान गरेको हो ।

नदीमा बहाव बढ्दो : नारायणी र कोशी खतरा तहमाथि

दुई दिनदेखिको अविरल बर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ ।

सप्तकोशीमा खतरा बढ्दै, यस वर्षकै उच्च पानीको वहाव

सप्तकोसी नदीमा निरन्तर पानीको वहाब बढ्दो गतिमा भएपछि खतरा बढ्दै गएको छ। आज बिहान छ बजे मापन अनुसार पानीको वहाब तीन लाख ३४ हजार ९९० प्रतिसेकेन्ड क्युसेक पुगेको छ। सोमबार रातिदेखि बढेको पानीको वहाव निरन्तर बढ्दो छ। जसले गर्दा खतरा बढ्दै गएको हो।

भोटेकोशी खोलाको बहाब बढेपछि ११ वटा मालवाहक कन्टेनर सारियो

सोमबार दिउँसोदेखि भोटेकोशी खोलामा पानीको बहाब बढेको छ । पानीको बहाब बढेसँगै भन्सार जाँचपासका लागि निर्माणाधीन सुख्खा बन्दरगाह क्षेत्रमा रोकेर राखिएका ११ वटा मालबाहक कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको छ । यसअघि पनि त्यस क्षेत्रमा सवारी साधन बगाउनुको साथै कामदार बस्ने घरमा समेत क्षति पुर्याएको थियो ।

सप्तकोशीमा खतरा टर्दै

सप्तकोसी नदीमा पानीको बहाव घट्न थालेपछि खतरा टर्दै गएको छ । शनिबार बिहान ५ बजे यस वर्षकै उच्च पानीको बहाव पुगेकोमा अपरान्हदेखि भने घट्न थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्