१२ असार २०८१ बुधबार
image/svg+xml

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानुनसम्मत फिर्ता लिनमिल्ने मुद्दा फिर्ता लिने र कैदीबन्दीलाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको जानकारी दिए।

जयनगर–कुर्था रेलमार्ग हस्तान्तरण: सञ्चालनको टुंगो अझै लागेन

भारतीय सरकारले अनुदानमा निर्माण गरेको जयनगर–कुर्था ३४.९ किलोमिटर अन्तर्राष्ट्रिय रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

नेपालगन्ज नाकाबाट निजी सवारी साधनको आवत–जावत खुल्यो

भारतको सिमावर्ती जिल्ला बहराईचका डिएम(प्रजिअ) र बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालबीच सिमानाकामा आवत–जावत खुल्ला गर्ने विषयमा पनि छलफल भएको इप्रका प्रहरी प्रमुख विष्टले सुनाए।

विस्मृति रोगबारे बुझौं

हामी नेपालीले यस रोगलाई बुढेसकालको रोग भनेर भन्ने गर्दछौं। यसर्थ पनि हामी बहुसंख्यक नेपाली अझै यो रोगका बारेमा अनभिज्ञ नै छौं भन्दा अत्युक्ति नहोला।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना नहुने

विभागका महानिर्देशक नेवीनलाल श्रेष्ठले यसपटकको जनगण्नामा नेपाल सरकारले दाबी गर्दै आएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा वसोवास गर्ने नागरिकको तथ्यांक संकलन सम्भव नहरेको बताए। उनले यस विषयमा केन्द्र, प्रदेश, स्थानीय सरकार र सरोकारवालासँग छलफल भइरहेको भए पनि त्यस क्षेत्रमा भारतीय सैनिकको कब्जा रहेकाले जनगणना गर्न सम्भव नभएको अवस्था देखिएको उनको भनाइ छ।

ढुंगेपाटनमा बंगलादेश बैंकको विस्तारित सेवा

नेपाल बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नम्बर ३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।

मन्त्रिपरिषद् बैठक : कर्मचारीको नयाँ तलबमान स्वीकृत

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

पोखरेली कान्छाको 'हाफ जिन्दगी' सार्वजनिक

यसअघि फुट्कर लेख तथा रचना लेख्दै आएका लम्सालको संस्मरणात्मक कृति 'हाफ जिन्दगी' सार्वजनिक भएको छ।

खोप उपलब्ध गराउन बेलायती महारानीलाई पत्र

नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप सहायताको लागि बेलायती महारानीसमक्ष माग गरेको छ।

प्रम ओलीको निर्देशन कार्यान्वयनका लागि मुख्य सचिवद्वारा निर्देशन

आज सम्पन्न भर्चुअल बैठकमा मुख्य सचिव बैरागीले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशन कार्यान्वयन गर्न र गराउनका लागि निर्देशन दिएका हुन्।

सिलवाल, थापा र वैद्य विभूषित

नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगीना वैद्य विभूषित भएका छन्।

चीन सरकारद्वारा प्रदान गरिएको खोप नेपाल सरकारलाई हस्तान्तरण

चीन सरकारद्वारा प्रदान गरिएको कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

शान्तिपूर्ण मार्गमा हिँड्ने विप्लवको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शान्तिपूर्ण राजनीतिमा पौडिन आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति प्रशंसाका शब्दहरू समर्पण गरे। उनीभन्दा अघि बोलेका महासचिव चन्दले ‘घाम र जुनको पनि भेट हुने रैछ’ भन्दै आफूहरूले शान्तिपूर्ण राजनीतिक बाटो रोजेको बताएका थिए। ओलीले विप्लवसँग सहमति रातारात नभएको उल्लेख गर्दै त्यसका लागि पहिलेदेखि नै संवाद हुँदै आएको स्पष्ट पारे।

प्रधानमन्त्री ओली र विप्लवले आज एउटै मञ्चबाट सम्बोधन गर्दै

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएको छ। सहमतिको विस्तृत विवरणसहित आज (शुक्रबार) एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समूहका महासचिव विप्लवले सम्बोधन गर्ने भएका छन्। बिहीबार जारी प्रेस नोटमा उल्लेख भए अनुसार आज २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको हो।

टिआई प्रतिवेदन मान्दैनौं: सरकार

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले हालै सार्वजनिक गरेको प्रतिवेदन आधारहीन भएको दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्