११ मंसिर २०८१ मंगलबार
image/svg+xml

किसानलाई छैन असार १५ को रौनक, सधैँ सिँचाइ र मलको पीर

आज असार १५ देशभर धान दिवस मनाइँदै छ। यति बेलासम्म बागलुङमा करिब ५० प्रतिशत रोपाइँ हुनु पर्नेमा सिँचाइ र मल अभावका कारण अहिलेसम्म २० प्रतिशत मात्रै रोपाइँ भएको छ।

जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताएका छन्।

छुपुछुपु धान रोप्दै एमाले अध्यक्ष ओली (तस्बिरहरु)

पत्नी राधिकालाइ सँगै राखेर उनले हिलोमा छुपु छुपु धान रोपे। नेपाली ह्याट (छत्री)मा ठाँटिएर धान रोप्न गएका ओलीलाई पछाडिबाट उनका अंगरक्षकले समातेर सहयोग गरिरहेका थिए

कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट अघि बढाउनुपर्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

आज बिसौं राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन्।

कपिलवस्तुमा धान बाली पकेट कार्यक्रम

धान खेतीको उत्पादन बढाउन नगरपालिकाले कृषक समूहमा आबद्ध कृषकलाई ५०% अनुदानमा ती सामग्रीहरू दिइएको हो।

नेपालमा लगानी गर्न आग्रह

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी गराएका छन्।

३३ अर्बको चामल आयात

सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा चालु आवको ११ महिनामा करिब साढे ३३ अर्बको धान तथा चामल आयात भएको छ।

धान दिवसको सार्थकता

धान दिवस तथा महोत्सव भनेको हिलो खेल्ने र भाइरल हुन वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने दिन मात्र होइन।

कर्मकाण्डमा सीमित धान दिवस

दिवस जब उत्साह बोकेर आउँछ तब मात्र त्यो प्रिय बन्छ। जब दिवस वार्षिक कर्मकाण्डका रूपमा जबर्जस्ती उपस्थित हुन्छ, त्यसले न आकर्षण ल्याउँछ न त कुनै आशा नै।

धान दिवसका अवसरमा जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा भाेलि सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक नौ जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

सकिँदैछ धान फल्ने खेत

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले गत वर्ष प्रदेशभरिमा १ लाख १७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरेको थियो। तर, जम्मा १ लाख ४ हजार ६ सय २३ हेक्टर क्षेत्रफलमा मात्र धान खेती भयो। अनुमान गरे भन्दा कम क्षेत्रफलमा धान खेती हुँदा उत्पादनमा पनि असर पर्‍यो।

प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको लगानी प्रणालीमा उल्लेख सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी दिएका छन्।

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षको वार्ता

प्रधानमन्त्री पुष्पकमलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भेटवार्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्