४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

माैसममा सुधार

मौसम पूर्वानुमान महाशाखाले हिमाली र पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेपनि बाँकी स्थानमा मौसम सफा रहने जानकारी दिएको छ।

हिउँदे वर्षा औसतभन्दा बढी

यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ। मौसम पूवार्नुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौंलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ।

देशभर बर्षा, उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

पश्चिमी न्यून चापियका कारण देशभर केही स्थान वाहेक सवैतिर हल्का देखी मध्यम बर्षा भइरहेको छ।  मौसम पूर्वाअनुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का देखी भारी हिमपात हुने छ। काठमाडौं उपत्यकामा पनि बिहीबार बिहानैदेखी सिमसिमे पानि परिरहेको छ।

आइतबारदेखि मौसममा सुधार हुने

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम बिग्रँदा हिमाली क्षेत्रका उडान रद्द

मौसममा आएको खराबीका कारण बुधबार हिमाली तथा उच्च पहाडी क्षेत्रका सबै हवाई उडान रद्द भएका छन्। विमानस्थलका अनुसार झण्डै ५० उडान रद्द भएका हुन्। त्रिभुवन विमानस्थलबाट सोलुखुम्बुको लुक्लाको लागि हुने १३ उडान रद्द भएका छन्।

हिउँदे वर्षा शनिबारसम्म

गत सोमबारदेखि सुरु भएको हिउँदे वर्षाको प्रभाव शनिबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार एक दिन भने मौसम सामान्यतः सफा रहनेछ। बुधबार हिउँदे वर्षाको प्रभाव काठमाडौंलगायत देशभर परेको छ। बुधबार दिनभर काठमाडौंमा भएको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। काठमाडौं उपत्यकाको उच्च स्थानमा हिमपात भएको छ भने अन्य क्षेत्रमा तापक्रम घटेको छ।

देशका अधिकांश स्थानमा वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ। पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताए।

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

पश्चिमि क्षेत्रमा वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभागले सोमबार पश्चिमका केहि स्थानमा बदली भई केहि स्थानमा हल्का वर्षा हुन सक्ने बताएको छ। यस्तै पश्चिमि र मध्यका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ।

घट्यो चिसो

काठमाडौंको चिसो क्रमिक रूपमा घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार काठमाडौंको तापक्रम अधिकतम १९.५ र न्यूनतम तापक्रम ३.३ पुग्यो। शनिबार आइतबारको न्यूनतम तापक्रम ३.८ र अधिकतम १९ पुगेको थियो। पुसमा भने तापक्रम घटेर ०.५ सम्म पुगेको थियो।

‘मौसम’ लिएर मल्लिका

गायिका मल्लिका कार्कीले श्रोता र दर्शकमाझ दोस्रो एल्बम ‘मौसम’ लिएर आएकी छन्। उनले २०६५ सालमा ‘मल्लिका’ नामक पहिलो एल्बम बजारमा ल्याएकी थिइन्।

घुम्ती चिया पसल

चिसो मौसम। यतिबेला धेरैजसोको बिहान सिराकभित्रै बित्छ। तर, गीता खरेलको दैनिकी भिन्न छ। बिहानको ४ बज्दै निन्द्राले छोड्छ उनलाई। चिया बनाएर बिहानै ग्राहकलाई पुर्याउन हतारिन्छिन् उनी। उनी बिहान ५ बजे चिया बेच्न निस्किसकेकी हुन्छिन्।

चिसोमा किन बढ्छ वायु प्रदूषण ? स्वास्थ्यमा कस्तो असर पर्छ ?

जाडो मौसममा काठमाडाैं उपत्यकामा वायुप्रदूषण ह्वात्तै बढ्ने गर्छ । वातवरणविद् भूषण तुलाधर चिसोमा वायु प्रदूषण बढ्नुका मुख्य दुई कारण औंल्याउँछन् । त्यसमध्ये एउटा प्राकृतिक कारण हो भने अर्काे मानवीय कारण । तुलाधर चिसो मौसममा पानी पर्न बन्द हुने हुँदा प्रदूषणको मात्र बढ्ने बताउँछन् ।

तातो र न्यानो घर

जाडो मौसमले फेरि एक पटक छपक्क छोपिसकेको छ। दिउँसोको घाम प्यारो भएको छ। बिहान बेलुका बाक्ला र न्याना कपडा चाहिने भएको छ।  चिसो बढेसँगै तातो पानी, तात्तातो झोलियो सुप, खाना ज्यानलाई आवश्यक पर्छ। घर कोठा पनि तातो र न्यानो बनाउनु पर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्