४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

हिउँदे वर्षा औसतभन्दा बढी

काठमाडौं - यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ। मौसम पूवार्नुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौंलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ।

जनवरी महिनामा काठमाडौंमा हुने १४ दशमलब ४ मिलिमिटर सम्मको वर्षालाई औसत वर्षा मानिएको छ तर यस वर्ष जनवारी महिनामा मात्रै १९ दशमलब ४ मिलिटिर वर्षा पुगेको महाशाखाले जनाएको छ। यसमा फेब्रेवरी महिनाको वर्षाको रेकर्ड जोडिएको छैन। बिहीबारबाट काठमाडौंमा शुरू भएको वर्षालाई जोड्ने हो भने यस वर्ष अघिल्ला वर्षहरू भन्दा बढी वर्षा हुने महाशाखाले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ मिलिमिटर वर्षा भएको छ। विराटनगर, धनकुटा लगायतका एक दुइ ठाउँमा मात्र यस वर्ष औसत वर्षा हुन नसकेको महाशाखाले जनाएको छ। ‘देशका एक दुइ ठाउँमा मात्र यस वर्ष औसतभन्दा कम वर्षा भएको छ। ती ठाउँ छाड्ने हो भने अधिकांश ठाउँमा यस वर्ष औसतभन्दा बढी वर्षा भएको छ’ मौसम पुर्वानुमान महाशाखाकी मौसमवीद् शाति कँडेलले भनीन्।

आज केही ठाउँमा भारी वर्षा हुने सम्भावना

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव शुक्रबार पनि देशभर भर पर्ने जनाएको छ। केही पाहाडी भुभागमा त भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम बर्षा हुने सम्भावना देखिएको छ। यसैगरी शुक्रबार देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपात र उच्च हिमाली भेगका एक दुइ ठाउँमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यो स्थिति शुक्रबार राती पनि देखिने छ। शुक्रबार राती पनि केही पाहाडी भुभागमा भारी वर्षाको सम्भावना देखिएको छ। गत मंगलबारदेखि देशभर मौसम प्रणाली शुरू भएको छ। महाशाखका अनुसार यो प्रणालीको असर आइतारसम्म रहने छ। तर शनिबारदेखि नै प्रभाव घट्दै जाने महाशाखाले जनाएको छ। यसअघि पनि यस वर्ष जाडो महिनामा दुइ पटक मौसम प्रणाली आइसकेको छ। यसवर्ष अघिल्ला वर्षहरू भन्दा मौसम प्रणाली बढी भित्रिएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबै भन्दा बढी वर्ष दाङमा भएको छ। दाङमा ८ मिलिमिटर वर्षा भएको छ। दाङ पछि विरेन्द्रनगर र नेपालगञ्जमा बढी वर्षा भएको छ। ती ठाउँहरुमा ७ ÷७ मिलमिटर वर्षा भएको छ। पोखरा र भैरहवामा भने ६/६ मिलिमिटर वर्षा भएको छ। तर ताप्लेजुङ, धनकुटा र विराटगर पछिल्लो २४ घण्टामा वर्षा नभएको महाशाखाले जनाएको छ। पछिल्लो २४ घण्टामा काठमाडौको तापक्रम अधिकतम २१ द्यशमलब ८ र न्युनतम ७ दशमलब ८ पुगेको महाशाखाले जनाएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा चिसो जुम्लामा देखिएको छ। जुम्लामा न्यनतमा तापक्रम १ डिग्रिसेलसियस पुगेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशका पश्चिमि भेगमा आंशिक बदलि रहनेछ भने मध्य र पूर्वी भेगमा सामान्य बदली रहनेछ। यसैगरी मध्य र पूर्वको केहि स्थानमा हल्का वर्षा रहनेछ। यसैगरी शनिबार देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि ठाउँहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यो स्थिति शनिबार राती पनि रहने छ। महाशाखाका अनुसार शनिबार राती देशका मध्य र पूर्वी भेगमा आंशिक देखि सामान्य बदली रही पश्चिमि भेगमा सामान्यतया सफा रहनेछ। यसैगरी शनिबार मध्य र पूर्वको केही ठाउँहरूम हल्का वर्षा रहनेछ। यसैगरी शनिबार मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २५ माघ २०७५ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App