२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौता अध्ययन यही वर्षमा सकिने

नेपालका लागि चिनिया राजदूत यु हङले नेपाल-चीन स्वतन्त्र व्यापार सम्झौताको सम्भाब्यता अध्ययन यही वर्षमा सकिने बताएकी छन्।

चीन–नेपाल रेलमार्ग : ‘दीर्घकालीन फाइदाका लागि लगानी’

केरुङ–काठमाडौं रेलमार्ग निर्माण लागत तीन खर्ब लाग्ने र तत्काल यसले आर्थिक प्रतिफल दिन नसक्ने भए पनि मुलुकको दीर्घकालीन फाइदाका लागि लगानी गर्नुपर्ने वरिष्ठ अर्थविद्हरूले औंल्याएका छन् ।

ट्रम्पले चीनमा गएर सार्वजनिक गरे नातिनीको भिडियो

एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी नातिनी अरबिल्या कुश्नरले गाएको  चिनियाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।  उक्त भिडियो सार्वजनिक भएपछि अरबिल्या कुश्नरले ठूलै चर्चा पाएकी छिन् ।उक्त भिडियो सार्वजनिक भएपछि चिनियाँ राष्ट्रपति सी जिङ पिङले अरबिल्या एक स्टार हुन् भन्दै उनको खुल्ला हृदयले प्रशंसा गरेका थिए। अरबिल्याको प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले उनी गायन क्षेत्रमा निपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न तयार छौं : चीन

केरुङ–काठमाडौं रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिकारीले बताएका छन् । सोमबार काठमाडौं आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले यहाँका सरकारी अधिकारीसँगको पहिलो बैठकमा चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।

काठमाडाैँमा नेपाल, भारत र चीनका वाम बुद्धिजीवीको सम्मेलन हुँदै

अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।  नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरूबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए।

अमेरिकी राष्ट्रपति ट्रम्प अर्कोहप्ता चीन जाने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता चीन भ्रमणका लागि आउने भएका छन्। चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा उनी चीन भ्रमणमा आउन लागेका हुन्।

चीनको विकासबाट नेपालले पाठ सिक्नुपर्छ : सञ्चारमन्त्री बस्नेत

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चीनले गरेको विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिएका छन्।  चीन दक्षिण एशिया मेला सचिवालय, नेपाल चीन कार्यकारिणी परिषद् र युनान इन्टरनेशनल एक्पोजिसन अफेयर्स ब्यूरोको आयोजनामा आजदेखि भृकुटीमण्डपमा शुरु भएको ‘चीन दक्षिण एशिया मेला’ उद्घाटन गर्दै उनले नेपालको उद्योग र व्यापारलाई प्रवद्र्धन गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

त्यो चीन, यो नेपाल

चीन आफ्नो प्राचीन राष्ट्रिय संस्कृति र सभ्यताको केन्द्रीयतामा पूर्वज नेताहरूलाई आदर्श मानेर मुलुक सञ्चालन गर्दैछ । तर हामी आफ्ना प्राचीन संस्कृति, सभ्यता र हाम्रा पूर्वज राष्ट्रनेताहरूको योगदानलाई लत्याएर मुलुक चलाउने धन्दामा छौं । चीन विश्वमा छरिएको जनशक्तिलाई एक हुन आह्वान गर्दैछ । हामी देशमा भएको जनशक्तिलाई पनि विदेशतिर धकेल्दै छौँ ।

चीनबाट १३७ हजार थान निर्वाचन साम्रगी आयात

मंसिरमा हुन लागेको निर्वाचनका लागि चीनबाट निर्वाचन सामग्री आयात गरिएको छ । रसुवागढी भन्सार कार्यालयले दिएको जानकारी अनुसार पहिलो चरणमा एक सय ३७ हजार थान निर्वाचन सामग्री आयात भएको छ ।

रोजगारीको लागि चीनको केरूङ जाने महिला बढे

नेपालको उत्तरी व्यापारिक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको सङ्ख्या बढेको छ। केरूङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेर्होन नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका छन्।

चीनले नेपालमा पार्टी विशेषलाई सघाएको छैन : प्राध्यापक सियाओ

रेनमिन विश्वविद्यालय अफ चीन, अन्तर्राष्ट्रिय अध्ययनका निर्देशक प्रा.चेन सियाओले सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा भने, ‘चीनले नेपालका सबै राजनीतिक पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्छ। कुनै अमुक पार्टीलाई चीनको सहयोग रहँदैन।’

मिस वर्ल्डका लागि चीन पुगेकी निकिताको सुर्के थैली बाँडिन्

मिस वर्ल्डमा सहभागी हुन चीनको सान्या पुगेकी मिस नेपाल निकिता चाण्डकले परम्परागत नेपाली सुर्के थैली बाँढेकी छिन्। विभिन्न देशको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागि प्रतियोगीहरुलाई नेपालको चिनो भनेर उनले सुर्के थैली उपहार दिएकी हुन्।

चीनमा सी चिनफिङ युग : 'नेपालले फाइदा लिन सक्नुपर्छ'

आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ । सिपिआईको बुधबार सम्पन्न १९ औं सम्मेलन (कंग्रेस) ले राष्ट्रपति सीको विचारलाई पार्टीको विधानमै उल्लेख गर्ने निर्णय गरेपछि उनलाई अन्तर्राष्ट्रिय मिडियाले माओत्सेतुङपछिका चिनियाँ शक्तिशाली नेताका रुपमा चित्रण गर्न थालेका छन् ।

कात्तिक १६ बाट चीन, दक्षिण एसिया मेला

चीन दक्षिण एसिया एक्सपो (मेला) नेपालमा हुने भएको छ । चीन दक्षिण एसिया मेला सचिवालय र युनान अन्तर्राष्ट्रिय एक्सपोजिसन मामिला ब्युरोले भृकुटीमण्डपको प्रदर्शनीस्थलमा कात्तिक १६ देखि १९ सम्म मेला गर्न लागेको हो ।

उत्तर कोरियासँग युद्ध गर्न सक्ने चीनको खुलासा

उत्तर कोरियाप्रति चीन आक्रोशित देखिएको छ । चीन रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले उत्तर कोरियासँग युद्ध समेत गर्न सक्ने खुलासा गरेका छन्।  बेइजिङस्थित रेनमिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक डाक्टर चोङ शो हूले उत्तर कोरियाली शासक किम जोन उनले मृत्यु चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्