४ पुस २०८१ बिहीबार
image/svg+xml

प्याराग्लाइडिङ उडानमा कडाइ

पोखराको आकासमा भइरहेको प्याराग्लाइडिङ उडानको व्यवस्थापन जिम्मेवारी हवाई खेलकुद संस्था (एनएए)ले पाएको छ। हवाई खेलकुद संस्थालाई प्राधिकारिक निकायको रुपमा बुधबारदेखि औपचारिक रुपमा प्याराग्लाइडिङ नियमनको जिम्मेवारी दिइएको हो। अब संस्थाले नै यहाँको आकासमा हुने प्याराग्लाइडिङ उडानलाई व्यवस्थापन र नियमन गर्नेछ।

पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्यालयमा चोरी

कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्री चोरी भएका छन्। यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन्।

तीन सडकले जोडिए बराहपोखरी

सरकारले सय वटा गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई तीन तिरबाट सडकले छोएको छ।

कास्कीमा होली शान्तिपूर्ण, होहल्ला गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडियो

पोखरामा होली अवसरमा नियम उल्लंघन गर्ने ६० जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ। रंगहरुको पर्व होलीमा झैझगडा गर्ने, मापसे गरेर होहल्ला गर्ने, उच्छृङ्ल व्यवहार गर्ने ६० जनालाई नियन्त्रणमा लिएर छाडिएको कास्की प्रहरीले जनाएको हो। विहानदेखि दिउँसोसम्म नियन्त्रणमा लिइएका उनीहरुलाई साँझ परिवारको जिम्मा लगाएर पठाएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले बताए।

‘मिनी फेवाताल’ मा पर्यटक बढे (फाेटाे फिचर)

रामपुरमा कृत्रिम रुपमा बनाइएको तालपोखराले ‘मिनी फेवाताल’ को संज्ञा पाएको छ। पूर्वी पाल्पाको रामपुर नगरपालिका भित्रने जो कोही पनि तालपोखरा अवलोकन गर्न पुग्छन्।

खुमाको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

उच्च अदालत पोखराले गण्डकी मेडिकल कलेज (जिएमसी)का सञ्चालक खुमाप्रसाद अर्यालले दिएको रिट निवेदन उपर अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

नेपालको पर्यटनका प्रमुख पाँच स्रोतबजार

नेपालले सन् २०१८ मा हालसम्मकै उच्च पर्यटक आगमन रेकर्ड राख्यो । ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिए । पर्यटन क्षेत्रका लागि यो सुखद अवस्था रह्यो । कुल पर्यटक आगमनमा लगभग ५० प्रतिशतकै हाराहारीमा ५ लाख ७९ हजार ५२१ पर्यटक प्रमुख पाँच स्रोतबजारबाट मात्र आएको देखिन्छ ।

महानगर र प्याराग्लाइडिङ व्यवसायीबीच कर विवाद, कर तिर्न एकसाताको म्याद

पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गरे पनि व्यवसाय र नवीकरण कर नतिरेका कम्पनीलाई पोखरा महानगरपालिकाले थप एक साताको समय दिएको छ । एक साताभित्र बक्यौता रकम तिर्ने सहमति भएपछि बुधबारदेखि रोक्ने भनिएको उडान नियमित सञ्चालन भएका छन् । साताभित्र बक्यौता रकम नतिर्ने कम्पनीलाई उडान गर्न नदिने महानगरले बताएको छ ।

आइएमई पेको सम्झौता

गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनमा आवद्ध विभिन्न जिल्लामा सञ्चालित पेट्रोल पम्पमा अबदेखि पेट्रोलको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने भएको छ।

नियमनकारीलाई थाहै नदिई प्याराग्लाइडिङ प्रतियोगिता

पोखराको आकाशमा यति बेला प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गरिएको छ। तर प्रतियोगिताबारे न त आयोजक खुलेको छ, न नियमनकारी निकायलाई नै जानकारी छ। दिनुहँजसो प्याराग्लाइडिङ दुर्घटना भएपछि बल्ल प्रतियोगिताबारे चासो जागेको हो।

एकजना रुखमा अड्किए, अर्का विद्युतको तारमा अल्झिए

प्याराग्लाइडिङ दुर्घटनामा परेर सोमबार पनि दुईजना विदेशी पाइलट घाइते भएका छन्। अनुमति लिएको भन्दा फरक ठाउँबाट उडान गरेका उनीहरु दुर्घटनामा परेका हुन्। दुर्घटनामा परेका मध्ये एकजनाको अवस्था गम्भिर छ भने अर्का एकजना सामान्य छन्।

फेवातालमा प्याराग्लाइडिङ दुर्घटना

सराङकोटबाट उडेको एक प्याराग्लाइडर फेवातालमा खसेका छन्। दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारको लागि अस्पताल लगिएको छ। दर्घटनामा पर्ने विदेशी सोलो पाइलट भएको जनाइएको छ। उनको नाम खुलेको छैन।

‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन्। फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उनको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्तिमार्फत आग्रह गरेका हुन।

थ्री स्टार र आर्मीबीच उपाधि भिडन्त

मोफसलको उत्कृष्ट गोल्डकपको उपमा पाएको आहा रारा गोल्डकपको १७औं संस्करणको उपाधि छिनोफानोसँगै आज शनिबार बिट मार्नेछ। उपाधिको लागि घरेलु फुटबलका दुई हस्ती रुस्लान थ्री स्टार र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्