७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

वाम गठबन्धन र फोरमबीच सरकारमा सहभागिताबारे छलफल, भोलि टुंगो लाग्ने

नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच मंगलबार संविधान संशोधन र सरकारमा सहभागिताबारे छलफल भएको छ। फोरमलाई सरकारमा सहभागी गराउने र संविधान संशोधन गर्ने विषयमा वाम गठबन्धन र फोरमका दोस्रो तहका नेताबीच छलफल भएको हो।

मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिताको माग

अन्तरपार्टी महिला सञ्जालले मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागिता हुनु पर्ने माग गरेको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी संजालले यस्तो माग गरेको हो। नयाँ संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको व्यवस्था गरेको छ। त्यही भावना अनुरुप मन्त्रिमण्डलमा महिला सहभागिता हुनु पर्ने उनीहरुको माग छ।

कृषि प्रदर्शनीमा उत्साहजनक सहभागिता

भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका विकास श्रेष्ठ शनिबार भृकुटीमण्डपस्थित अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा भेटिए । कृषिमा लगानी गर्ने सोंचका साथ चार वर्षको कतार बसाइ टुंग्याएर फर्किएका हुन् उनी ।

नेपाली राजनीतिमा महिला सहभागिता

नेपालमा भएका हरेक क्रान्तिमा महिलाहरुको अग्रणी भूमिका हुने गरेको छ । चाहे त्यो २००७ सालको क्रान्ति होस् या २०६२÷६३ सालको । त्यतिबेला भएको जनआन्दोलनमा कयौँ महिला सहिद, विधवा, बलात्कृत भए भने कयौँ महिलाले जेलजीवन भोगे ।

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक–२०१८’ मा अवलोकनकर्ताको सहभागिता उत्साहजनक देखिएको छ ।

सहभागिताको सकस

महिलाको एक तिहाइ सहभागिता अहिले दल र नेताका लागि फलामको चिउरा भएको छ । तिनीहरूले नचाहेर पनि संसद्मा ३३ प्रतिशत महिला पु¥याउन समानुपातिक सूचीमा परेकाबाट त्यो प्रतिशत पु¥याउन बाध्यात्मक अवस्थामा पुगेका छन्

पहिलो सहभागितामै सेमिफाइनल लक्ष्य

नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेको नेपाली टोली कम्तीमा अन्तिम चारको यात्रा गर्ने लक्ष्यसहित मंगलबार पाकिस्तान प्रस्थान गरेको छ ।

सहभागिता अनिश्चित भएको टोली च्याम्पियन

थाइल्यान्डको राजधानी बैंककमा एसिसी यु–१६ च्याम्पियनसिप इस्टर्न रिजन क्रिकेट प्रतियोगिता सुरु हुन एक महिना पनि बाँकी थिएन । एसियाली क्रिकेट परिषद् (एसिसी) को योजनाअनुसार प्रतियोगिताको सहभागी सूचीमा नेपालको पनि नाम थियो । तर, सानै उमेरदेखि प्रतिभा खोज्दै तिनलाई प्रशिक्षित बनाउने उद्देश्यमा एसियाली क्रिकेटको सर्वोच्च निकायले गर्न लागेको प्रतियोगितामा नेपालको सहभागिता अन्योलमा थियो ।

नागरिक सहभागिताबाटै दिगो विकास सम्भवः प्रमुख शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताएका छन्।  तेइसौँँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नागरिकको सहभागितामा मात्र अपेक्षा अनुरुप विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याएका छन्।

सहभागिताको सन्देश

हामीकहाँ जहिल्यै निर्वाचन एउटा उत्सवमय गतिविधिका रुपमा रहँदै आएको छ । त्यसमा पनि यस वर्षका निर्वाचन शृंखलाले मतदातालाई पटक–पटक मौका दिएको छ । यी सबै मौकालाई उनीहरूले उत्तिकै महत्वका साथ उपयोग गरेको देखिएको छ । यसकारण पनि मतदाताको यो उदात्त व्यवहारलाई नतमस्तक भएर सम्मान गर्नैपर्छ ।

टोकियोको अन्तरार्ष्ट्रिय टुरिज्म एक्स्पोमा नेपाली सहभागिता

जापानको टोकियोमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ। जापान एसोसिएसन अफ ट्राभल एजेण्ट(जाटा)ले आयोजना गरेको 'टुरिजम एक्स्पो जापान' नामक प्रदर्शनीमा नेपालका विभिन्न धार्मिक,सांस्कृतिक एवम् पर्यटकिय स्थलहरु तथा टुर प्याकेजकाबारे जापानी तथा अन्य विदेशी अवलोकनकर्तालाई जानकारी दिइएको हो।

नेपालको सहभागिता अनुभवमै सीमित

ठूला अन्तर्राष्ट्रिय खेलमेलामा नेपालको सहभागिता अनुभव बटुल्नेमै सीमित हुने गरेको छ । अझ कहिलेकाहीं त लाखौं खर्च गरेर प्रतियोगिता खेल्न पुग्दा सहभागिता जनाउनै नपाउनु पनि नेपाली खेलाडीको नियति बन्ने गर्छ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता : गम्भीर राजनीतिक भूल

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता मान्यता राजनीतिक–सामाजिक अवस्था र व्यवस्था हुन् । जनता बलियो बनाउन प्रजातन्त्र, आर्थिक विकास तथा समावेशिता र सामाजिक न्याय अनिवार्य सर्त भएको हुँदा राप्रपाले यी मान्यताहरूको सुदृढीकरण र प्रत्याभूतिमा निरन्तर जोड दिनेछ ।

'धोनीको विश्वकप सहभागिता अनिश्चित'

एकदिवसीय क्रिकेटमा महेन्द्रसिंह धोनी स्वाभाविक पहिलो रोजाइमा अब धेरै समय नपर्ने भारतीय टोलीका प्रमुख छनोटकर्ता एमएसके प्रसादले बताएका छन्। भारतीय टोलीका पूर्वकप्तान धोनीले सन् २०१९ को विश्वकपमा संलग्न हुन राम्रो प्रदर्शन गर्न जरुरी रहेको छनोटकर्ता प्रसादले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्