१५ असार २०८१ शनिबार
image/svg+xml

हिमपातले सोलु–काठमाडौं सडक अवरुद्ध, यात्रु अलपत्र

पत्ताले क्षेत्रमा परेको हिमपातले सोलु–काठमाडाैं सडक अवरुद्ध भएको छ। गएराति देखि पत्ताले क्षेत्रमा बाक्लो हिमपात भइरहेकाले सडक अवरुद्ध भएको हो। सल्लेरीदेखि छुटेका साना तथा ठूला सवारी गरि करिब ४० सवारी पत्ताले क्षेत्रमा रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोलुखुम्बुको यो पुल अलपत्र

सोलुखुम्बुको कर्णाली भनेर चिनिने दुधकोशीपारिको छेस्कामबाट गाडी चल्न थाले पनि सल्लेरी छेउका बासिन्दा भने अझै पैदलै सदरमुकाम धाउन बाध्य छन्। करिब २० मिटर लामो सल्लेरी–रोशी जोड्ने पुल निर्माण पूरा नहुँदा उनीहरू यातायात सुविधाबाट वञ्चित भएका हुन्।

सोलुदुधकुण्ड नमुना नगर बन्दैछ

सोलुखुम्बु जिल्लाका तत्कालीन सल्लेरी, तामाखानी, गार्मा, बेनी, टाक्सिन्दु, टाप्टिङ, केरुङ, गोराखानी र तिङला समावेश गरी  सोलुदुधकुण्ड नगरपालिका बनेको छ। जनप्रतिनिधि निर्वाचित भएर आएपछि  पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उनीहरुको भनाइ छ। जनप्रतिनिधि आएपछिका डेढ वर्षमा नगरपालिकामा के कस्ता कामहरु भए ? मुख्य चुनौती र अवसर के हुन् ? यिनै प्रश्नका सेरोफेरोमा रहेर सोलुदुधकुण्ड नगरका प्रमुख नाम्गेल जाङ्बु शेर्पासँग नागरिककर्मी शिखरजंग श्रेष्ठले गरेको कुराकानीको  सम्पादित अंश:

सोलुमा जीप दुर्घटना, चालक गम्भीर घाइते

सोलुखुम्बुको सल्यानमा जिप दुर्घटना भएकाे छ। अाइतबार विहान करिब सल्लेरीका लागि यात्रु लिन गएको ना १ ज ३६६० नम्बरको सुमो जीप नेचासल्यान गाउँपालिका २ सल्यान राईडाँडाको घम्तीवाट करिब एक सय मिटर तल खसेकाे थियाे।

दूधकोसीपारि यातायात भाडामा मनपरी

सोलुखुम्बुको दूधकोसीपारिको क्षेत्रमा चल्ने साना सवारीसाधनले मनपरि भाडा उठाउँदै आएका छन्। थुलुङ दूधकोसी गाउँपालिकाको दिप्लीघाट र सोताङ गाउँपालिकाको घाटस्थित दूधकोसी नदीमा पुल नबनेको मौका छोपी व्यवसायीले करिब २७ किलोमिटर धुले सडकको यातायाता भाडा ९ सयदेखि १२ सय रुपैयाँसम्म भाडा असुल्दै आएका छन्।

हिमाल चढेर फर्केका अमेरिकी नागरिकको मृत्यु

हिमाल चढेर फर्कने क्रममा खुम्बुमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ। आमादब्लम हिमाल चढेर फर्कदै गरेका अमेरिकी नागरिक स्टेभन भिक्टोर डिमको खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा पर्ने बेसक्याम्प टु मा लेक लागेर ज्यान गएको  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

लेक लागेर ताइवानी पर्यटकको मृत्यु

लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ताइवानी चेनारी च्याङ भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कट्टेलले जानकारी दिए।

सोलुखुम्बुको खाल्पाको देविस्थान भीरमा जीप दुर्घटना, ६ जनाको मृत्यु

नेचासल्यान गाउँपालिका अन्र्तगत पर्ने खाल्पा देविस्थान भीरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

सोलुखुम्बुमा छजना आमाको अकालमै ज्यान गयो

चालू आर्थिक वर्षको जेठ अन्तिम सातासम्म यहाँ छजना गर्भवती महिलाको ज्यान गएको छ। चालू आवको हालसम्म जिल्लामा विभिन्न कारणले छजना गर्भवती महिलाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख डा. मिङ्मार ग्याल्जेन शेर्पाले जानकारी दिए।

सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना

सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने  स्याङबोचे  विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।

सोलुखुम्बुमा क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिता हुँदै

हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको छ। यही चैत्र २४ गते देखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

सोलुखुम्बुका २८ कृषक पुरस्कृत

कृषि तथा पोषण मेला प्रदर्शनीमा सोलुखुम्बुका २८ जना कृषक पुरस्कृत भएका छन् । थुलुङ–दूधकोसी गाउँपालिका वडा नम्बर १ नेलेमा भएको कृषि तथा पोषण मेला प्रदर्शनीमा सात विधामा २८ जना कृषक पुरस्कृत भएका हुन्।

सोलुखुम्बु तिङ्लामा प्राइम बैंक

प्राइम कमर्सियल बैंक लिमिटेडले सोलुखुम्बुको रमितेबजार, तिङ्लामा शाखा खोलेको छ । अब प्राइमको शाखा संख्या ५५ पुगेको बैंकले जनाएको छ ।

सोलुखुम्बुका ५४६ जनामा ईन्फ्लुजा ए भाइरस देखियो

सोलुखुम्बुमा ईन्फ्लुजा ए भाईरस देखिएको छ। जिल्लाको विकट क्षेत्र मानिने महाकुलुङ गाउँपालिकाको पेल्माङका ५ सय ४६ जना स्थानीयमा ईन्फ्लुजा ए भाईरस देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्