१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

घर जल्दा ६ लाख क्षति

सोलुखुम्बु – सोलुखुम्बुको छेस्कामस्थित छेम्सीको एक घरमा आगोलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

माहाकुलुङ गाउँपालिका–३ का अम्मरबहादुर राईको घरमा आलोलागी हुँदा अन्नपात, कपडा, भाँडाकुडा जलेर नष्ट भएका हुन्। ढुंगामाटो र चित्राले बनेको दुई तले घर जल्दा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगोलागीबाट मानवीय र पशुचौपायको क्षति भने भएको छैन। आगोलागी हुनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०१:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App