१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

ज्याक्सन इन्डियाको नेपाल वितरकमा टाइम्स् मानसिरी नियुक्त

विद्युतीय उपकरण उत्पादनका निम्ति भारतको अग्रणी कम्पनी ज्याक्सन इन्डिया प्रालिले आफ्नो उत्पादन  प्रिमियम  डिजेल जेनेरेटरको नेपालका लागि टाइम्स् मानसिरी प्रालिलाई आधाकारिक वितरकमा नियुक्त गरेको छ ।

आफ्ना उत्पादनलाई नेपाली बजारमा भरपर्दो वितरण तथा पहुँच विस्तार गर्ने रणनीतिक योजना अनुरुप कम्पनीले टाइम्स् मानसिरी प्रालिलाई चयन गरेको बताएको छ ।

ज्याक्सन इन्डिया प्रालिले डिजेल जेनेरेटरको विश्व बजारमा आफ्नो बलियो उपस्थिति जनाइसकेको छ । यसका  ७.५  केभीएदेखि ३हजार ७५० केभीएसम्मका डिजेल जेनेरेटर विश्व बजारमा पुगेको छ। यस कम्पनीका जेनेरेटर इन्धन किफायतीसँगै उच्च ऊर्जा दक्षतायुक्त भएकाले आवासीय, व्यावसायिक र औद्योगिक क्षेत्रहरूमा समेत उपयुक्त मानिएको छ ।

टाइम्स् मानसिरी प्रालि नेपालमा स्थापित, बलियो र विशाल वितरण प्रणाली भएको अग्रणी कम्पनी हो । ऊर्जा क्षेत्रमा उक्त कम्पनीले प्राप्त गरेको दक्षता र यसको बलियो नेटवर्कबाट सानादेखि ठूला आकारका जेनेरेटरहरूको बिक्री, जडान, मर्मत तथा बिक्रीपछिको सेवालगायतका क्षेत्रमा  ज्याक्सन कम्पनीका उत्पादनले व्यापकता पाउनेमा कम्पनीले विश्वास लिएको छ ।

टाइम्स मानसिरी प्रालिका प्रबन्ध निर्देशक दीपकराज गिरी भन्छन्,‘नेपालमा ज्याक्सनको प्रतिनिधिका रूपमा काम गर्न पाउँदा हामी गौरवान्वित छौं । हाम्रो सम्पूर्ण टिम ग्राहकसम्म भरपर्दो ऊर्जा उपकरण पुर्‍याउनका लागि प्रतिबद्ध छ ।'

डिजेल जेनेरेटरलाई व्यापकता बनाउनका लागि कम्पनीले विभिन्न ठाउँमा डिलर नेटवर्क विस्तार गर्ने तयारी गरेको पनि बताएको छ ।

प्रकाशित: १७ असार २०८१ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App