१७ असार २०८१ सोमबार
image/svg+xml

रुखबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु

रुखबाट लडेर जिल्लाको सोताङमा एक जनाको ज्यान गएको छ। रुखको घास झार्ने क्रममा सोताङ ३ को बनेल्दुका ५० वर्षीय आतुरे राईको शनिबार राति ज्यान गएको प्रहरीले जनाएको छ।

सोलुखुम्बुमा ४ सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशंका

सोलुखुम्बुमा ४ सय बढी विद्यार्थी बिरामी परेका छन्। जिल्लाको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका - २ स्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी एकैपटक बिरामी भएका हुन्।

सोलुखुम्बुको कृषि बजेट

एक नगरपालिकासहित आठ स्थानीय तह रहेको सोलुखुम्बुमा स्थानीय तहपिच्छे कृषि क्षेत्रको बजेटमा भिन्नता देखिएको छ । मन्त्रालयबाट सोलु–दूधकुण्ड नगरपालिकामा एक करोड २७ लाख ४६ हजार कृषि बजेट आएपनि भारी कटौती गरी ७२ लाख रुपैयाँको कार्यक्रम तर्जुमा गरिएको छ । त्यस्तै, लिखुपिके गाउँपालिकालाई ६५ लाख तीन हजार आएकामा ३० लाख रुपैयाँको मात्र कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।

सोलुखुम्बुमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ। गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात भएपछि हालसम्म ८९९ जनाले स्वास्थ्य बीमा गरेका छन्।

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेताबाहेक सबैको जमानत जफत भएको छ। सोलुखुम्बुबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकामा १२ जनाको जमानत जफत भएको छ।

सोलुखुम्बुमा १२ जनाको जमानत जफत

सोलुखुम्बुमा १२ जनाको जमानत जफत भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सोलुखुम्बुबाट उम्मेदवार बनेकामध्ये विजेता र उपविजेता बाहेक सबैको जमानत जफत भएको हो। यस जिल्लाबाट १८ जना प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेको थिए ति मध्ये १२ जनाको जमानत जफत भएको छ।

जाजरकोट, बैतडी र सोलुखुम्बुमा वाम गठबन्धनको अग्रता

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र का शक्तिबहादुर बस्नेतले एक हजार १७१ मत ल्याएर अग्रता लिएका छन् ।  नेपाली काँग्रेसका राजीवविक्रम शाहले ८६२ मत ल्याएका छन्। त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनकै गणेशप्रसाद सिंहले एक हजार ३८१ र काँग्रेसका वेदराज सिंहले ७४१ प्राप्त गरेका छन्। प्रदेशसभा (ख) मा पनि वाम गठबन्धनकै करवीर शाहीले एक हजार २०० मत प्राप्त गरी अग्रता लिएका छन् भने काँग्रेसका दीपकजंग शाहले ६६२ मत प्राप्त गरेका छन्।

सोलुखुम्बुमा १२ बजेसम्म ३० प्रतिशत मतदान (फाेटाे फिचर)

तिङलाबाहेक सोलुखुम्बुका अधिकांश क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । ११८ मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्लामा तिङला क्षेत्रका ५ मतदान केन्द्रबाहेक सम्पूर्ण मतदान केन्द्रमा मतदान भईरहेको मुख्य निर्वाचन अधिकृत नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसिसकेको छ ।

सोलुखुम्बुको तिंलामा कोही पनि मतदान गर्न गएनन्

सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए।

सुनसान छ सोलुखुम्बुको  तिङला

मुलुकभर प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गए पनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । सोलुदूधकुण्ड नगरपालिकामा समावेश हुन पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका तिङला क्षेत्रमा कुनै पनि दलका उम्मेदवार चुनावी प्रचारप्रसारका लागि पुगेका छैनन्।

सोलुखुम्बुमा ‘नो भोट नो क्याण्डिडेट’ अभियान

प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गएपनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । तिङ्लाबासीले तिङ्लालाई सोलु दुधकुण्ड नगरपालिकामा समावेश गर्नु पर्ने माग गर्दै ‘नो भोट नो क्याण्डिडेट’ अभियान सुरु गेका छन् ।

सोलुखुम्बुमा भालुको आतंक

सोलुखुम्बुमा भालुको आतंक बढ्दै गएको छ। विभिन्न स्थानमा गरी गएको ४ दिनको अवधिमा भालुको आक्रमणबाट ३ व्यक्ति घाईते भएका छन्।

सोलुखुम्बुमा पाँच मतदान केन्द्र थपियो

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपिएको छ।  जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले मतदाता थपिएकाले साविकको भन्दा पाँचवटा केन्द्र थपिएर आएको जानकारी दिए। एक हजार ६४ जनाभन्दा बढी मतदाता एकै मतदान केन्द्रमा भएपछि मतदान केन्द्र थपिएको हो।

सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

सोलुखुम्बुमा स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन गरिएको छ। सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले स्वास्थ्य विमा गरेर जिल्लामा शुरुवात गरिएको हो।

सोलुखुम्बुको टाक्सीन्दुमा महिला मृत फेला

सोलुखुम्बुको सोलु–दुधकुण्ड नगरपालिका १ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । टाक्सीन्दुको नुनथला बस्ने ५०  वर्षीया नक्कु विक गोरेटो बाटोमा मृत अवस्थामा भेटीएको जिल्ला प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्