१९ असार २०८१ बुधबार
image/svg+xml

सोलुखुम्बुमा तीन दलद्वारा उम्मेदवार सिफारिस

सोलुखुम्बुमा प्रमुख तीन दलले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागी उम्मेदवार सिफारिस गरेका छन् । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सोलुखुम्बुले प्रदेश र प्रतिनिधिसभाका लागि उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन् ।

सोलुखुम्बुमा चट्याङ लागेर २को मृत्यु, २ घाइते

सोलुखुम्बुको जुबुमा चट्याङ लागेर दुई जनाको ज्यान गएको भने २ जना घाइते भएका छन् । शनिबार अपरान्ह दुधकौसिका गाउँपालिका ४ निवासी १४ र १० वर्षीय बालकको चट्याङ लागेर ज्यान गएको प्रहरी चौकी सुकेपोखरीका प्रहरी सहायक निरीक्षक हरि खड्काले बताए ।

‘सफा सोलुखुम्बु’ अभियान सुरु

सोलुखुम्बुमा क्लिन सोलुखुम्बु अभियानको सुरुवात भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लबाट अभियानको शुरुवात गरिएको हो । स्वच्छ सफा हराभरा सोलुखुम्बुको नामबाट शुरु गरिएको अभियानको शुभारम्भ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले गरे ।

खोलाले बगाउँदा सोलुखुम्बुमा एक जनाको मृत्यु

सोलुखुम्बुको दुधकौसिका गाउँपालिका स्थित देउसाको खहरे खोलाले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ । देउसाको दिप्ली स्थित नाम्चे खहरे खोलाले बगाउँदा दुधकौसीका गाउँपालीका ७ रोक्तीका ३३ वर्षीय अंकत बहादुर राईको मृत्यु भएको हो ।

सोलुखुम्बुको यातायात सदरमुकाममा सीमित

साउने झरीसँगै सुरु भएको बाढी र पहिरोका कारण सोलुखुम्बुका ग्रामिण सडकहरु ठप्प भएका छन् । जिल्लाका आधा दर्जन भन्दा बढी ग्रामिण सडक साउने झरीले हिलाम्मे बनाएपछि प्रभावित भएपछि सवारी साधनहरु संञ्चालन हुन नसकेका छैनन्। सोलुखुम्बुको नेले हुँदै रोक्ती, काँकु, बासा, जुनवेसी, नेचाँ हुँदै सल्यानसम्म जाने सडक लगातारको वर्षाले हिलाम्मे पारेपछि सवारी साधान संञ्चालनमा कठिन भएको छ ।

सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा

सोलुखुम्बुको ८ वटै स्थानीय तहमा पहिलो किस्ताको रकम निकासा भएको छ । सोलु दुधकुण्ड नगरपालिकासहित अन्य ७ गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो किस्ताको ५ अर्व ८३ करोड ५ लाख ३९ हजार रुपैयाँ रकम निकासा गरीएको कोष तथा लेखा नियन्त्रकको कार्यलयका सूचना अधिकारी युवराज थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा सोलु दुधकुण्ड – नगरपालिकाको लागी ३४ करोड ६७ लाख १२ हजार रुपैयाँ रकम छुट्टिएकोमा पहिलो किस्ताको रकम अन्तर्गत ११ करोड ५५ लाख ७० हजार निकासा गरीएको छ ।

सोलुखुम्बुमा कांग्रेसले अझै उम्मेदवार टुंग्याउन सकेन

स्थानीय तह निर्वाचनका लागि सोलुखुम्बुका नगर तथा गाउँपालिकामा नेपाली कांग्रेसले अझै उम्मेदवार टुंगो लगाउन सकेको छैन।

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको हो

एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जले

जंगलबाट सुरु भएको एउटै डढेलोले खोटाङ र सोलुखुम्बुमा तीन घर जलेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित बाबियोखर्क सामुदायीक बन र तसारे जुवारे सामुदायिक वनबाट सुरु भएको डढेलोले जलेश्वरीका सन्तोष गिरी, सोलुखुम्बु जुबुका रामकुमार गिरी र अम्बर गुरुङको घर जलेर नष्ट भएको हो ।

सोलुखुम्बुका सातसय पचास घर अन्धकारमा

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाअन्तर्गत गुदेलमा सञ्चालित बुदुम खोला लघु जलविद्युत आयोजनाको कुलो भत्किँदा त्यस आयोजनाका ७ सय ५० भन्दा बढि घरधुरी उपभोक्ता एक सातादेखी अन्धकारमा परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्