१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सोलुखुम्बुको टाक्सीन्दुमा महिला मृत फेला

सोलुखुम्बु – सोलुखुम्बुको सोलु–दुधकुण्ड नगरपालिका १ मा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । टाक्सीन्दुको नुनथला बस्ने ५०  वर्षीया नक्कु विक गोरेटो बाटोमा मृत अवस्थामा भेटीएको जिल्ला प्रहरीले जनाएको छ। 

मंगलबार विहान घरबाट नुनथला बजार भनी हिडेकी महिला बजारबाट फर्कने क्रममा नुनथालादेखि १ घण्टा उत्तरको दूरीमा पर्ने लुदो भन्ने स्थानमा मृत अवस्था भेटिएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले बताए। 

महिलाको मृत्युको कारण भने खुल्न सकेको छैन् । विकका आफन्तले मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको बारेमा अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।

प्रकाशित: २५ आश्विन २०७४ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App