१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बूढीगण्डकी आयोजना अलपत्रः अर्थमन्त्री जनार्दन शर्मा गेजुबाकै पक्षमा

राजनीतिक दलहरूका आआफ्नै स्वार्थका कारण मुलुकका लागि महत्त्वपूर्ण मानिएको १२ सय मेगावाटको जलायशयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण अलपत्र बनेको छ।

पर्वतमै बन्यो सिसैसिसाको पुल

चीनको हेनान र हुनान प्रान्तका पर्यटकीय स्थलमा विश्वभरबाट पुग्ने अधिकांसको रोजाई नै सिसाको पुल भएको अवस्थामा सिसाबाट बनेको हुनाले नै रोमाञ्चक अनुभव पाउन स्थानीय तथा अन्तराष्ट्रिय पर्यटकहरूको घुइँचो पर्वतमा लाग्ने हार्नेस जिपलाइन प्रालिले जनाएको छ।

पर्यटन विकासमा मधेस प्रदेशसँग साझेदारी हुन्छः मुख्यमन्त्री पोखरेल

जनकपुर-पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए।

कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा सडकखण्ड कालोपत्रको चरणमा

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड कालोपत्र हुने भएको छ।

गलेश्वर मन्दिरमै कालिगण्डकी नदीको पानीले स्नान गर्न पाइने

म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ।

नीजि क्षेत्रमा पनि सूचनाको हक लागू हुने

गण्डकी प्रदेशमा नीजि क्षेत्रमा पनि सूचनाको हक लागु हुने भएको छ। गण्डकी प्रदेशले ल्याउन लागेको ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा नीजि संघसंस्थाहरुमा पनि सूचनाको हक लागू हुने प्रावधान राखिएको हो। यसअघि सार्वजनिक निकायमा मात्रै सूचनाको हक लागु हुने गरेको थियो।

कोरला-त्रिवेणी सडकः ‘लाइफलाइन’ सुधार्दै गण्डकी प्रदेश

कोरला–त्रिवेणी सडकलाई गण्डकी प्रदेशले ‘लाइफलाइन’ मानेको छ। राष्ट्रिय गौरवको यो आयोजनाले छोटो दुरीमा हिमाल र पहाडलाई तराईसँग जोड्छ। मुस्ताङमा पर्ने कोरलालाई नवलपुरको त्रिवेणीमा यसले जोड्छ। गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने एकमात्र नाका पनि यही नै हो। कोरला–त्रिवेणी खण्डमध्ये अहिले कोरला–पोखरा सडक संचालनमा छ।

आगामी अधिवेशनमा चारवटा विधेयक टेबल गर्ने तयारी

गण्डकी प्रदेशसभाको आगामी अधिवेशनमा चारवटा विधेयक पेश हुने भएको छ। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अब केही दिनमा आह्वान हुँदैछ। तर कहिले शुरु हुने भन्ने टुंगो लागेको छैन।

लमजुङमा पुनः भूकम्पको धक्का

गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैनः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने बताएका छन्।

महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित हुने

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ। उनले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिएका थिए।

यात्रा ढिलो, तर गन्तव्य उन्मुखः मुख्यमन्त्री पोखरेल

जनताको चाहनाको तुलनामा प्रयासहरु पर्याप्त हुन नसकेपनि गन्तव्यतर्फ अघि बढिरहेको गण्डकी प्रदेश सरकारले बताएको छ। अहिलेसम्मको यात्राको गति ढिलो भएपनि गन्तव्यतर्फ नै अघि बढेको हँुदा लक्ष्य हासिल हुनेमा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए।

गण्डकीको स्वास्थ्य नीतिः सरकारी लगानी बढाउने, व्यक्तिगत खर्च घटाउने

गण्डकी प्रदेशले स्वास्थ्य सेवामा सरकारी लगानी बढाउने र व्यक्तिगत खर्च घटाउने नीति लिएको छ। गण्डकी प्रदेश सरकारले फागुन १ गतेदेखि लागु गरेको स्वास्थ्य नीतिमा समृद्ध प्रदेशका लागि स्वस्थ र सुखी नागरिक बनाउने दीर्घकालीन सोंच राखेको बताएको छ ।

रगतका लागि पैसा तिनुपर्ने बाध्यता प्रदेशभरि अन्त्य: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिरामीका आफन्तले उपचारका क्रममा आवश्यक रगतका लागि पैसा तिनुपर्ने अवस्थाको अन्त्य भएको बताए।

पोखरालाई आर्थिक विकासको हब बनाउनुपर्छ: मुख्य मन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको हब बनाउने खालका योजना तर्जुमा गरेर अगाडि बढ्नपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्