१२ आश्विन २०८१ शनिबार
image/svg+xml

कोरोना सङ्क्रमणको शङ्का लागे ११८० मा खबर गर्नुस्

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन्। प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन्।

फिकुरीको चर्चा

फिकुरीडाँडा हिमालय दर्शनका लागि आकर्षक मानिन्छ। किस्पाङ गाउँपालिका–२ नुवाकोटमा अबस्थित डाँडा (३,५६८ मिटर)बाट लाङटाङ, गणेश, दोर्जेलाक्पा, मनास्लु, अन्नपूर्ण लगायत हिमाल छर्लगै दर्शन गर्न सकिन्छ। आकाश उघ्रिएका बेला काठमाडौं उपत्यका, गोसाईंकुण्ड र त्रिशुली बजार समेत देखिन्छ।

सुखद् खबर, छिम्केश्वरीको निम्तो

तनहुँ जिल्लाको सबैभन्दा अग्लो डाँडो छिम्केश्वरीमा फागुन २५ देखि २७ गतेसम्म छिम्केश्वरी पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदैछ। आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी (२,३२४ मिटर)लाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले तेस्रो पटक महोत्सव गर्न लागिएको महोत्सवका संयोजक एवं छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङ बताउँछन्।

खबरदारी गर्ने अभियन्ता पक्राउ

लामोसाँघु–जिरी सडकखण्ड कालोपत्रे तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

खबरदारी गर्ने अभियन्ता पक्राउ

लामोसाँघु–जिरी सडक खण्ड कालोपत्रे एवम् स्त्तरोन्नतिमा भइरहेको ढिलासुस्तीविरुद्ध निरन्तर खबरदारी गर्दै आएका दोलखा जिल्लाका नागरिक अभियन्तालाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

चिकित्सकको खबरदारी धर्ना

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ४३औं सिनेट बैठक नजिकिँदै गर्दा यहाँका फ्याकल्टी चिकित्सकहरूले विभिन्न माग राखेर दबाबमूलक खबरदारी धर्ना सुरु गरेका छन्।

उडान अनुमति विपरीत कार्गो ढुवानी, प्रशासन बेखबर

जिल्लाको खुम्बु क्षेत्र कार्गो ढुवानी गर्ने हेलिकोप्टरले नियम विपरीत उडान भर्ने गरेका भए पनि जिल्ला प्रशासन कार्यालय भने बेखबर रहेको छ। कैलाश र सिम्रिक एयरका हेलिकोप्टरले खुम्बुका विभिन्न क्षेत्रमा दैनिक उपभोग्यदेखि निर्माण सामग्रीसमेत ढुवानी गरिरहेका छन्।

'किन हाम्रा दुःखप्रति सरकार बेखबर छ ?'

आम नेपाली एकै समय भेटघाट एवं खुशी साटासाट गर्ने, आशिष लिने र दिने मिलनविन्दु अर्थात सङ्गम हो, दशैँ तथा दीपावली। जसका लागि देश विदेशमा रहेका सबै नेपाली खुशी साट्न आफ्नो मातृभूमि फर्कने क्रम चलेको छ। तर विडम्बना, साविकको कर्णाली भने वर्षैपिच्छे दशैं तिहारको खुशी लिन निकै ठूलो सास्ती भोग्नुपर्ने बाध्यताबाट मुक्त छैन।

यसरी उत्रिए जनआन्दोलन बिर्साउने गरी काठमाडौंमा प्रदर्शनकारी

सारको उखरमाउलो गर्मी। तातिएको काठमाडौंका कालोपत्रे सडक। सयौंको संख्यामा उत्रिएका मान्छे देख्दा ठ्याक्कै जनआन्दोलनको झल्को दिन्थ्यो।

सार्वजनिक शिक्षा सुदृढीकरणका लागि ‘प्रतिध्वनि’

सार्वजनिक शिक्षा सुधारको लक्ष्य लिएर शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपाल र सर्वनाम नाट्य समूहले आज ‘प्रतिध्वनि’ विषयक खबरदारी कार्यक्रम आयोजना गरेको छ।

संसदमा देउवाको सम्बोधनः सरकारले झुटा कुरा गर्‍यो, खबरदारी गर्छाैं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्। सोमबारबाट सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई सम्बोधन गर्दै देउवाले विगतका सरकारले सुरु गरेका योजना आफैले गरेको भनी झुटा कुरा गरेको आरोप लगाए।

सबै प्रदेशबाट कांग्रेसको खबरदारी

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकारले मुलुकमा आर्थिक समृद्धि र विकासभन्दा भ्रष्टाचार र अराजकता बढाएको आरोप लगाएको छ। ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष हुनलाग्दा मुलुकमा कुनै सकारात्मक संकेत नदेखिएको आरोप लगाउँदै कांग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गरेको छ।

बुटवललाई स्थायी राजधानी बनाउन कांग्रेसले खबरदारी सभा गर्ने

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिने उदेश्यले खबरदारी सभा गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला गत वर्ष माघ ३ गते बुटवललाई अस्थायी राजधानी तोकेको थियो।

स्वागतयोग्य खबर

गत जेठ २९ गतेका दिन ‘नागरिक दैनिकमा’ एउटा अति स्वागतयोग्य र हाम्रो समाजलाई झक्झक्याउने रमाइलो खबर पढ्न पाउँदा म औधि प्रसन्न भएँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्