६ आश्विन २०८१ आइतबार
image/svg+xml

सिक्किममा गएको हिमपहिरोमा ३ नेपालीसहित ७ जनाको मृत्यु

सिक्किममा मंगलवार गएको हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

धवलागिरी आधारशिविरः हिमपहिरोमा कोरियन र नेपाली बेपत्ता

धवलागिरी आधारशिविर पदयात्रामा गएका एकजना कोरियन पर्यटक र उनका नेपाली सहयोगी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने आधारशिविरमा आएको हिमपहिरोमा परेर कोरियन र नेपाली नागरिक गरि दुइजना बेपत्ता भएका हुन्। तीनदिन अघि नै हिमपहिरोमा परेर उनीहरु हराएको स्थानीयले बताएका छन्।

शेर्पा मनास्लु हिमपहिरोमा बेपत्ता, बिहानैदेखि खोजी

आइतबार दिउँसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका मध्ये दावा बेपत्ता भएका र अन्य तीन जना शकुसल रहेको प्रहरीले जनाएको छ।

मनास्लुमा फेरी हिमपहिरो, एक जना बेपत्ता

आइतबार दिउसो करिब साँढेतीनबजे हिमपहिरो गएको हो। पहिरोमा परी हराएका शेर्पाको पहिचान भने खुलेको छैन। पहिरोमा चार जना परेको र अन्य तीन जना शकुसल भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

मनास्लु हिमपहिरो: १० जनाको सकुशल उद्धार

उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ।

मनास्लु हिमपहिरो: घाइते भएकाहरुको बिहानैदेखि उद्धार हुँदै

गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमबार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो।

मनास्लु हिमपहिरोमा एकको मृत्यु, नौ घाइते

गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालमा सोमबार हिमपहिरो गएको छ। पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, उद्धारमा समस्या

मनास्लु हिमालको आधारशिविर क्षेत्रमा भीषण हिमपहिरो गएको छ । चुमनुुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमालको क्याम्प ३ र क्याम्प ४ को बीचमा हिमपहिरो गएको स्थानीयले बताएका छन् ।

मुस्ताङको थासाङमा फेरि हिमपहिरो

हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेरि हिमपहिरो आएको छ । टुकुचे पिक (६९२० मिटर)बाट शनिबार बिहान झन्डै चारबजे हिमपहिरो झरेको स्थानीयले बताएका छन्। हिमपहिरोले मानवीय क्षति भने पु¥याएको छैन। तर, हिमपहिरोले पुरिँदा स्थानीयका चौरी मरेका छन।

हिउँमा फसेका बाबुछोराद्धारा हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह

गोठ सार्ने क्रममै हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को विकल्प नभएको निष्कर्ष निकालिएको छ।

हिमाली काखका बस्तीको त्रासः शिरमाथि तरबार झुन्ड्याए जस्तै

हिमाली जिल्ला मुस्ताङ र मनाङमा धेरै बस्ती छन, ती कुनैपनि बेला सिरान क्षेत्रबाट झर्ने हिमपहिरोको जोखिममा पर्न सक्छन्। एकाएक झर्ने हिमपहिरोको वहावसँगै बग्न सक्ने जोखिममा ती बस्ती छन्। पुर्ख्याैली बसोबास रहेको ती बस्ती हिमाली चुचुरोको काखमा छन्।

मुस्ताङ हिमपहिरोः खस्ने अवस्थाका ढिस्को देखिएपछि झनै त्रास

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित टुकुचे पिक (६९२० मिटर) को केही खण्ड आइतबार मध्यान्हतिर एकाएक खस्यो। ६ हजार मिटर माथिबाट खसेको अनुमान गरिएको भीषण हिमपहिरोले हिमाली जिल्लामा थप त्रास निम्त्याएको छ। पहिरो झरेको ठाउँमा तलबाट हेर्दा खस्ने अवस्थाको ढिस्को र चिरिएको भाग देखिएको स्थानीयले बताएका छन्।

मुस्ताङमा हिमपहिरोः १ सय २० चौंरी बेपत्ता

मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्।

मुस्ताङ हिमपहिरोः ज्वालामुखीबाट निस्कने जस्तो मुस्लो निस्कियो

हिमपहिरोको त्रासले भागदौडको क्रममा घाइते भएकाहरुले ज्वालामुखि विस्फोट हुँदा निस्कने मुस्लो जस्तो बाहिर देखिएको बताएका छन्। ठूलो आवाजसहित ज्वालामुखी बिष्फोटको आवाज सुनिएको र त्यसलगत्तै कालो मुस्लो देखेपछि भागदौड मच्चिदा आफूहरु घाइते भएको उनीहरुको भनाई छ।

मुस्ताङको कोवाङमा भीषण हिमपहिरो

मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (स्थानीयले मानापाथी हिमाल भन्छन) हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्