२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मनास्लुमा फेरी हिमपहिरो, एक जना बेपत्ता

फोटो : मनास्लु हिमाल।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लुमा फेरी हिम पहिरो गएको छ। हिमपहिरोमा परी एकजना नेपाली नागरिक बेपत्ता भएका छन्।

दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीका एक जना शेर्पा बेपत्ता भएका सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए।

आइतबार दिउसो करिब साँढेतीनबजे हिमपहिरो गएको हो। पहिरोमा परी हराएका शेर्पाको पहिचान भने खुलेको छैन। पहिरोमा चार जना परेको र अन्य तीन जना शकुसल भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।  

अरु तीनजना सकुशल भेटिएका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। हराएका शेर्पाको साँझसम्म सिम्रिक एयरको हेलिकोप्टरबाट खोजी गरेपछि फेला पार्न सकेन। सोमवार बिहान पुन खोजी गर्न हेलिकप्टर चुमनुब्रीको सामागाउँमै रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए।  

यस अघि गत मंगलवार पनि मनास्लु हिमालको तेस्रो र चौँथो शिविरको बिचमा पहिरो गएको थियो। उक्त हिमपहिरोमा एक जनाको मृत्यू भएको थियो भने १२ जना घाईते भएका थिए।  

अहिले मनास्लु हिमाल आरोहण गर्ने सिजन हो। किलर माउन्टेनको रुपमा चिनिने मनास्लुमा अहिले एक हजार भन्दाबढि शेर्पाहरु र चार सय हाराहारी हिमाल आरोही पुगेका छन्।

प्रकाशित: १६ आश्विन २०७९ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App