१७ असार २०८१ सोमबार
image/svg+xml

टीकाराम र सोनुलाई स्वर्ण

सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले आइतबार १३औं राष्ट्रपति रनिङ सिल्ड बाग्मती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन्।

बाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा मतदान

उनले मतदातासँग लाइनमै बसेर मतदान गरेका हुन्। मतदानपछि प्रतिक्रिया दिदैँ पाण्डेले आफ्नो जित सुनिश्चित भएको दाबी गरे।

बाग्मती प्रदेशलाई उपाधि

बाग्मती प्रदेशले मंगलबार मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो।

रुबिका र दिनेश च्याम्पियन

बाग्मती प्रदेशकी रुबिका खड्का र त्रिभुवन आर्मी क्लबका दिनेश बुढा मगर आइतबार सम्पन्न जिपी कोइराला स्मृति प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा प्रथम भएका छन्।

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड

गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ।

मुख्यमन्त्री पाण्डेद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

शक्तिखोर औद्योगिक क्षेत्रको बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निरीक्षण गरेका छन्। प्रदेशका मन्त्रीसहित उद्योगी–व्यवसायीको उपस्थितिमा शनिबार उनले सो क्षेत्रको निरीक्षणका साथै जानकारी लिएका हुन्।

आइकिडोको सातौं डान ग्रेडिङ सम्पन्न

आइकिडो आइकिकाई संघले सातौं डान ग्रेडिङको परीक्षा सम्पन्न गरेको छ। डान ग्रेडिङमा सहभागी सबै खेलाडी परीक्षामा उत्तीर्ण भएका छन्।

प्रधानमन्त्री कप क्रिकेट: बाग्मती प्रदेश सेमिफाइनलमा

गण्डकी प्रदेशमाथि शनिबार ४० रनको जित निकाल्दै बाग्मती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

उपत्यकामा ट्याक्सी भाडा बढ्यो

यातायात व्यवस्था विभागले २०७५ असोज ७ गते ट्याक्सीको भाडा समायोजन गरेको थियो। त्यो बेला ट्याक्सीको प्रतिकिलोमिटर ३९ रूपैयाँ कायम गरिएको थियो। फ्ल्याग १४ रूपैयाँ कायम गरिएको थियो। प्रति २०० सय मिटरमा ७ रूपैयाँ ८० पैसा कायम गरिएको थियो। मन्त्रालयले ट्याक्सीले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिँड्नुपर्ने व्यवस्था गरेको छ।

वाग्मती प्रदेश कांग्रेस अधिवेशनको कान्छा प्रतिनिधि २३ वर्षीय विश्वकर्मा

मंसिरको अन्तिम साता आयोजना हुने नेपाली काँग्रेस बाग्मती प्रदेश स्तरीय अधिवेशनको लागि सबै भन्दा कान्छा प्रतिनिधि हुन्। विश्वकर्माको जन्म रामेछापको बेथाली गोगलुङ्गामा २०५५ सालमा भएको थियो।

निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मियोः मुख्यमन्त्री पाण्डे

बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले निर्वाचित तानाशाहका कारण अहिलेको गठबन्धन जन्मिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्