१९ असार २०८१ बुधबार
image/svg+xml

बाग्मतीस्तरीय रग्बी शनिबार

पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर रहेका छन्। यस्तै महिलातर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला सहभागी छन्। खेल सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ।

प्रशिक्षक तालिम सम्पन्न

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।

बागमती प्रदेश: ५७ अर्ब ७२ करोड बजेट सार्वजनिक,काेराेना विरुद्धको खोप प्राथमिकतामा

प्रदेशसभामा मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले विनियोजित बजेट सार्वजनिक गरेको हुन्। कुल विनियोजन मध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरिएको छ। कुल विनियोजनमा चालु तर्फ ४५ प्रतिशत, पुँजिगत तर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको मन्त्री ढुंगेलले बताए।

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन सुरु

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु भएको छ। स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक सुरु गरिएको थियो।

बाग्मतीमा पशुपालनका प्राथमिकता तय

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालनलाई व्यवस्थित रूपमा अघि बढाउन प्रदेशका १३ वटै जिल्लामा हावापानी, भौगोलिक अवस्था, किसानको माग, चरिचरण, सम्भाव्यता लगायतलाई ध्यान राखेर प्राथमिकता तय गरेको हो।

गणेशमान सिंह स्मृति बक्सिङ: सनिल दोस्रो चरणमा

नागार्जुन बक्सिङ खेलकुद समितिको आयोजनामा सोमबारदेखि स्युचाटारमा सुरु भएको प्रतियोगितामा सनिलले आफ्नो तौलसमूहमा टीकाथलीका निशान दासलाई हराउँदै दोस्रो चरणमा स्थान बनाएका हुन्।

बागमती प्रदेश बजेट : ५१ अर्ब ४२ करोड विनियोजन

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । बागमती प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट पेस गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्