१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

बाग्मती प्रदेशलाई उपाधि

बाग्मती प्रदेशले मंगलबार मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि जितेको छ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगितामा बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो।

राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित प्रतियोगितामा दोस्रो भएको एपिएफ क्लबले २ स्वर्ण हात पार्‍यो। तेस्रो स्थानको लुम्बिनी प्रदेशले १ स्वर्ण प्राप्त गर्‍यो। प्रतियोगिताको पुरुषमा बाग्मतीका मनोज रानाामगर तथा महिलामा एपिएफकी निशा विक उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगिताअन्तर्गत के–वानको पुरुष ५५ केजीमा बाग्मतीका तीर्थराज थापा, ५७ केजीमा एपिएफका रोहित चन्द, ६५ केजीमा बाग्मतीका सबिर श्रेष्ठ र खुलामा बाग्मतीका सुवास रानामगर पहिलो भए।

के–वानकै महिला ५० केजीमा बाग्मतीकी सुस्मिता तामाङ र ५५ केजीमा एपिएफकी निशा विकले स्वर्ण जिते। फुल कन्ट्याक्टको पुरुष ५५ केजीमा गण्डकीका चिरन राई र ६० केजीमा बाग्मतीका अनिल नेपालीले पहिलो स्थान हात पारे। प्वाइन्ट फाइटिङको पुरुष ५० केजीमा बाग्मतीका पाल्साङ ब्लोन र ५५ केजीमा लुम्बिनीका सफल विक शीर्ष स्थानमा रहे। फुल कन्ट्याक्टको महिला ४५ केजीमा बाग्मतीकी दीक्षा कार्कीले स्वर्ण जितिन्। विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, आयोजक संघका अध्यक्ष लोकेन्द्र कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: २३ चैत्र २०७८ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App