पारिवारिक लगत संकलन गर्न हजार रुपैयाँ
घर–परिवारका सदस्यहरूको लगत संकलन गरी सो परिवारको सबैखाले विवरण सफ्टवेयरमा राखेर सबै घरको ‘नम्बरिङ’ गर्ने भन्दै गौरीशंकर गाउँपालिकाले सर्वसाधारणबाट हजार रुपैयाँ शुल्क उठाउन थालेको छ।
घर–परिवारका सदस्यहरूको लगत संकलन गरी सो परिवारको सबैखाले विवरण सफ्टवेयरमा राखेर सबै घरको ‘नम्बरिङ’ गर्ने भन्दै गौरीशंकर गाउँपालिकाले सर्वसाधारणबाट हजार रुपैयाँ शुल्क उठाउन थालेको छ।
सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुका सर्वसाधारणले स्वच्छ पिउनेपानी प्रयोग गर्न पाएका छन्। वडा कार्यालयको समन्वयमा मनभिसो नेपाल फाउन्डेसनले खानेपानीको आयोजना सम्पन्न गरेपछि टाक्सिन्दु फुलेलीका ९० परिवारले सुरक्षित पिउनेपानी प्रयोग गर्न पाएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय संसद सचिवालय, कानुन तथा संसदीय दलको कार्यालय, काठमाडौं महानगरपालिकासहित ७ सरकारी कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भएपनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुलेकाे रिटमा उल्लेख छ।
‘पञ्चायतमा पनि बारभन्दा बाहिर उभिएर जात्रा हेर्ने रहर मेट्नुपथ्र्यो, प्रजातन्त्र आएपछि पनि नजिकबाट हेर्न पाइएन,’ शुक्रबार टुँडिखेलको बार समाएर जात्रा चियाउँदै गरेका ७१ वर्षीय पवनराज बस्नेत भन्दै थिए, ‘नियम फेरियो तर शासक वर्गको मानसिकता फेरिएन।’ बस्नेतले त्यसरी कष्ट बेहोर्दै घोडेजात्रा हेर्न थालेको दुई दशक भयो। तर उनले अहिलेसम्म नजिकबाट जात्राको रौनक अवलोकन गर्न पाएका छैनन्।
स्थानीय सर्वसाधारणको सीपबाट बनेका हस्तकला सामग्रीको महोत्सव ललितपुरको पाटनमा दुई दिनयता चलिरहेका छ। बेरोजगार र शैक्षिक योग्यता कम भएका सिपालु व्यक्तिले बुनेका तीनै हस्तकला अहिले विदेशीको लागि आकर्षक साम्रगी बनेका छन्। विदशी पर्यटकले नेपालको चिनो अर्थात् ‘कोसेली’का रुपमा हस्तकलाका सामग्री नै रोजाइमा पार्न थालेका छन्।
माप्य दूधकोशी गाउँपालिकास्थित वाकु वाप्सामा रहेको तामा उत्खननका लागि आर्थिक, सामाजिक र वातावरणीय मूल्यांकन गरिने भएको छ। प्रभावित क्षेत्रका सर्वसाधारणले मूल्यांकनमा विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाको बैठकले खानी तथा भूगर्भ विभागले सीमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आइई गर्ने वातावरण बनेको हो।
सरकारले केही दिनअघि महत्वका साथ सर्वसाधारण जनतालाई जलविद्युत् आयोजनाको सेयरधनी बनाउने अभियान सार्वजनिक गर्यो । जलविद्युत् आयोजनाको सेयर दिएर गरिबको जीवनस्तर उकास्ने दाबी पनि सरकारले गर्दै आएको छ । तर निजी क्षेत्रको तुलनामा झन्डै तेब्बर लागत पर्ने सरकारी जलविद्युत् आयोजनाको सेयर खरिद गरेर सर्वसाधारणलाई फाइदा पुग्छ कि बेफाइदा भन्ने बहस सुरु भएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले गत माघ महिनामा सुन्धरा–त्रिपुरेश्वर सडक खण्डमा खानेपानीको पाइप बिछ्याउनको लागि सडक खन्यो। सडक खनेको १५ दिनसम्म हिलाम्मे र धुलाम्मे सडकले सर्वसाधारणले सकस भोगे।
सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ।
काठमाडौं महानगरपालिका वडा–३२ स्थित पेप्सीकोला टाउन प्लानिङको धौलागिरी महेन्द्र एकता मार्गको सडक पिच उप्किएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ। पिच उप्केको एक वर्ष बित्दा पनि सडक मर्मत हुन सकेको छैन।
सहुलियत कर्जा नपाएको भन्दै सर्वसाधारणले गुनासो गरिरहेको बेला नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुसँग त्यस्तो कर्जाको विवरण मागेको छ।केन्द्रीय बैंकले पाँच प्रतिशत कम ब्याजदरको सहुलियत कर्जा बैंकहरुले प्रवाह नगरेपछि बैंकहरुसँग त्यस्तो ऋणको विवरण मागेको हो।
उपत्यकामा आजदेखि लागू गरिएको जोर–बिजोर सवारी प्रणालीका कारण सर्वसाधारणले सास्ती खेपेका छन्। राजधानीमा बिहीबारदेखि सुरू भएको ‘एसिया प्यासेफिक सम्मेलन’मा भाग लिन आउने विदेशी पाहुनालाई लक्षित गरेर सरकारले जोर–बिजोर सवारी प्रणाली लागू गरेको हो।
आम सर्वसाधारणको बानी–व्यवहार पर्गेल्दा पछिल्लो समय देश छाडेर बाहिरिने दुईथरी श्रमिक देखिन थालेका छन् । पहिलो कोटिमा रहनेहरू खाडी मुलुकको उम्लँदो तापक्रमका बाबजुद गाउँको खेती–किसानी छाडी उज्यालो भविष्य बनाउन हिँडेका नौजवान युवक–युवती र दोस्रो कोटिमा रहनेमा हुँदाखाँदाको सरकारी (सचिवको ओहोदामा रहेकासमेत) वा गैररकारी क्षेत्रका जागिरे वा व्यापार–व्यवसाय अँगाली आ–आफ्नो क्षेत्रमा स्थापित एवं राम्रै हैसियत बनाएकाहरू पनि डिभी र पिआर वा अनेक जोडबल गरी अमेरिका, अस्ट्रेलिया वा अन्य विकसित मुलुकमा गुणस्तरीय (?) जीवनशैली बिताउने हुटहुटीले अधिकांश सहरी क्षेत्रका बासिन्दाले श्रमिककै रूपमा काम गर्न राजीखुसीसाथ देश छाड्नेहरू छन् र क्रमशः यो झाङ्गिदै गएको छ।
सामान्यतया जमारा भन्ने वित्तिकै हिन्दुहरूको महान चाड विजया दशमीका दिन कानमा सिउरीनका लागि घटस्थापनाका दिन हरेक घर–घरमा राखिन्छ। अनि विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म निधारमा टिका लगाएसँगै कानमा जमारा सिउरीनु सदियौंदेखिको प्रचलन हो।
एकातिर, स्रोतसाधनको अभावमा सर्वसाधारण तड्पिइरहेका हुन्छन् । अर्कातिर, राज्यका स्रोतसाधन बेवास्ताका कारण खेर गइरहेका हुन्छन् । यो कुनै एउटा विषय र क्षेत्रमा मात्र होइन । राज्यका समग्र क्षेत्रमा यस्तो विषम परिस्थिति देखिएको छ।