२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

'भद्र सहमति' ले सँधै अविश्वास पैदा गर्‍यो : अध्यक्ष दाहाल

काठमाडौं- नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भद्र सहमति शब्दलाई नेपालको राजनीतिमा प्रयोग नगर्दानै राम्रो हुने बताएका छन्।

दलहरुबीच सहमति, सुरुमा बजेट आश्रित विधेयकमा छलफल हुने

काठमाडौं- प्रमुख तीन राजनीतिक दलको बैठकमा संसदमा सुरुमा बजेट आश्रित विधेयकमा छलफल गर्ने सहमति भएको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको तीन दलको बैठक पछि एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री भिम रावलले सुरुमा बजेट आश्रित बैठकमा छलफल गर्ने सहमति भएको बताए।

तीन दलको बैठकमा प्रधानमन्त्री अनुपस्थित, सहमति हुने सम्भावना न्युन

काठमाडौं- प्रमुख तीन राजनीतिक दलको बैठमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन्। मन्त्रिपरिषदको बैठक परेको भन्दै उनले सुभास नेम्वाङलाई बैठकमा पठाएका हुन्।

डा. केसीसँगका पूर्व सहमति कार्यान्वयन गर्न कांग्रेसले सरकारलाई आग्रह गर्ने

काठमाडौँ-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको मतलाई अत्याधिक बहुमतले पारित गर्न जोड गर्ने निर्णय गरेको छ।

सकेसम्म सहमतिको सरकार बनाउन सभामुखको सुझाव

काठमाडौँ-सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बेलामा सरकार निर्माण गर्ने विषयमा दलहरु विभाजित हुनु देश र जनताका लागि दुर्भाग्य भएको बताएकी छन्।

भद्र सहमति :  अभद्र राजनीति

बल्ल २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनपछि सत्ता निर्माणमा अहिलेसम्म दुर्लभ मानिएको नौलो समीकरण देखिने भयो। बृहत् शान्ति सम्झौतापछि संविधानसभाको एक दशक लामो कालखण्डमा यसका मुख्य सरोकारवाला पक्ष माओवादी, नेपाली कांग्रेससँगै मधेसवादीहरुले 'सत्ता–गठजोड' र सहकार्यमा एकाकार हुन पाएका थिएनन्।

कांग्रेस-माअाेवादी सहमति 'फैसलाविपरित'

नयाँ सत्ता गठबन्धनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मंगलबार भएको सहमति सर्वोच्च अदालतको फैसला विपरीत छ । दुई दलबीचको सहमतिले संक्रमणकालीन मुद्दाहरुको विषयमा हस्तक्षेप गर्ने देखिन्छ ।

कांग्रेस माओवादी केन्द्रबीच यसरी भयो सहमति

सोमबार नेपाली कांग्रेस नेतृत्व र माओवादी (केन्द्र) नेतृत्वबीच नयाँ सत्तागठबन्धनबारे घनीभूत छलफल भयो । पछिल्लोपटक आफ्नो निर्णयबाट ‘ब्याक’ भएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच दुरी बढेको थियो । यो दुरी कम गर्न मधेसी दलकै एक नेताले भूमिका खेलेको स्रोतको भनाइ छ ।

अाेली सरकार ढाल्न कांग्रेस-माओवादीबीच भएको ७ बुँदे सहमतिमा के छ? [Exclusive]

संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र माओवादीबीच अाेली सरकार ढालेर नयाँ सरकार गठन गर्न ७ बुँदे लिखित सहमति भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमतिपत्रको १ नम्बर बुँदामा मधेसको असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधन गर्ने उल्लेख छ।

राष्ट्रिय सहमतिको सरकार

नेपालका राजनीतिक अगुवाहरूले आफ्नो मनको सत्ता लोलुपता, ईर्ष्या, डाह र व्यक्ति स्वार्थजस्ता खास कुरा लुकाएर आज पनि नेपाली जनतालाई भ्रममा राख्ने प्रयत्न गरिरहेका छन्। अहिले त्यो काम राष्ट्रिय सहमतिको सरकार निर्माणको नाममा भइरहेको छ।

माओवादीले एमालेलाई भन्यो: पूर्वसहमति कार्यान्वयन गर

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) ले सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले) सँग विगतमा भएका सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

जसकाेमा सहमति बन्छ, उसकै नेतृत्वमा सरकार बन्नुपर्छः नेता थापा

बागलुङ– नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापाले संविधानको कार्यान्वयन, पुनःनिर्माण र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्।

सरकारमा जान मात्र दलहरुबीच सहमति आवश्यक छैनः सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दलहरुबीच हुने सहमति सत्तामा जानका लागिमात्र हुन नहुनेमा जोड दिएका छन्। शनिबार काठमाडौं एक नम्बर क्षेत्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले मुलुकका सामु संविधान कार्यान्वयन कडा चुनातीको रुपमा देखा परेको बेला दलहरुबीच सरकारमा सहभागी हुनमाात्र सहमति हुन नहुनेमा जोड दिएका हुन्।

सहमति खोज्दै नेतात्रय

सहमतीय सरकार गठनको प्रारुप तयार गर्न नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टाछुट्टै छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार नेताहरूबीच छलफल भएको हो।

राष्ट्रिय सहमति खोज्दै तीन दल

सरकार परिवर्तनको विषयमा चर्चा चलिरहेका बेला प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच राष्ट्रिय सहमतिको विषयमा छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटरमा बिहीबार साँझ भएको बैठकमा दलहरूबीच कसरी सहमति कायम गर्ने विषयमा छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्