भद्र सहमति : अभद्र राजनीति
बल्ल २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनपछि सत्ता निर्माणमा अहिलेसम्म दुर्लभ मानिएको नौलो समीकरण देखिने भयो। बृहत् शान्ति सम्झौतापछि संविधानसभाको एक दशक लामो कालखण्डमा यसका मुख्य सरोकारवाला पक्ष माओवादी, नेपाली कांग्रेससँगै मधेसवादीहरुले 'सत्ता–गठजोड' र सहकार्यमा एकाकार हुन पाएका थिएनन्।