पाल्पामा स्थानीय तह पुनर्संरचना गर्दा दश स्थानीय तह बनाउन दलहरु सहमत भएका छन्। हाल रहेका दुई नगरपालिका मध्ये तानसेनमा सिमाना थप गर्ने, रामपुर नगरपालीकालाई यथावत राख्ने र अन्य आठ गाउँपालिका बनाउन दलहरु सहमत भएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले छिट्टै संविधान संशोधन हुने दाबी गरेका छन्। उनले भाषा विवाद, प्रदेशको सीमांकन, नागरिकतालगायतका सबै विषयमा सहमतिमै संविधान संशोधन हुने बताए। प्रधानमन्त्रीले आफू नेतृत्वको वर्तमान सरकार तीनवटै निकायको निर्वाचन समयमै सम्पन्न गर्नेगरि लागिपरेको बताए।
सभामुख ओनसरी घर्तीले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै टुँगिने विश्वास व्यक्त गरेकी छन्। आइतबार रिपोर्टर्स क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै सभामुख घर्तीले संविधान संशोधन र महाअभियोग प्रस्ताव दुवै सहमतिमै टुँगिने बताएकी हुन्।
सभामुख ओनसरी घर्तीमगरले संविधान संशोधन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव सहमतिमै टुँगिने विश्वास व्यक्त गरेकी छन्।
पेचिलो बन्दै गएका दुई मुद्दा– संविधान संशोधन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगबारे प्रमुख तीन दलबीच समझदारी हुनु सकारात्मक संकेत हो। यी दुई मुद्दामा सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मध्यमार्ग अवलम्बन गर्दै आएको देखिन्छ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले अख्तियार प्रमुख लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव आउनु एकदमै सकारात्मक र स्वागतयोग्य भएको भन्दै यसलाई संसदबाट पारित गर्नको लागि प्रमुख दल नेपाली काँग्रेसले पनि सहयोग गर्नुपर्ने बताए।
सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध संसदमा दर्ता महाअभियोगका विषयमा कांग्रेसँग छलफल गर्ने निर्णय गरेको छ। बिहीबार बसेको माओवादी केन्द्रको हेडक्वाटर बैठकले संसदमा दर्ता महाअभियोगका विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेससँग छलफल गर्ने निर्णय गरेको नेता मणि थापाले जानकारी दिए।
राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश र अन्य संवैधानिक अंगका पदाधिकारीले पदीय मर्यादाविपरीत काम गरे उनीहरुलाई हटाउन महाअभियोग लगाउने सैद्धान्तिक आधार तयार भएको छ ।
विकसित र विकासशील मुलुक पछिल्ला वर्ष पृथ्वीको तापक्रम घटाउने र स्थिर राख्ने मुद्दामा संवेदनशील छन् भन्ने पछिल्लो उदाहरण बनेको छ, 'रुवान्डाको राजधानी किगालीमा शनिबार भएको मोन्ट्रियल प्रोटोकलको २८ औं पक्षराष्ट्र बैठक।'
बल्खुबाट फर्पिङ मार्ग भई मकवानपुर, बारा, पर्सा, सर्लाहीलगायत स्थानमा चल्ने टाटा सुमो सञ्चालन भएपछि बल्खुमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले मुलुक सकरात्मक गतिबाट अँघि बढेको बताउँदै सहमतिकै आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् । भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम रही रहेको जनाउँदै उनले संविधान कायान्वनको लागि कुनै कसर बाँकी नराख्ने जनाए।
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधान कार्यान्वयन गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिएको बताएका छन्।
व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी बिहीबार आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले स्थानीय, प्रदेश तथा संसद्को निर्वाचनको तयारी समेत थालेको जानकारी दिए ।
रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधान कार्यान्वयन गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिएको बताएका छन्। व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को प्रभावकारितासम्बन्धी आज यहाँ आयोजित क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले सरकारले स्थानीय, प्रदेश तथा संसद्को निर्वाचनको तयारी समेत थालेको जानकारी दिए। उनले भने, “संविधान कार्यान्वयन क्रममा दलीय सहमतिमा संविधान संशोधन प्रक्रिया समेत सुरु भएको छ ।
यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत साना दलले विगतको जिविसको इलाकाका आधारमा स्थानीय निकायको पुनःसंरचना गर्नु संविधान विपरीत हुने जनाएको छ ।