१७ कार्तिक २०८१ शनिबार
image/svg+xml

'सहमति पालना नभएसम्म अनशन नतोड्ने'

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा आफूसँग भएका सहमति कार्यान्वयन गराउन भन्दै अनशन बसेको १५ दिन पुगिसकेको छ। डा. केसी स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहँदा पनि सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्ने पहल गरेको छैन।

केसीलाई तत्काल सम्बोधन गर्न कांग्रेसको माग

प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीसँगको सहमति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले केसीले उठाएका मागको सरकारले अवमूल्यन गरेको आरोप लगाएको हो।

काठमाडाैं–टोकियो सिधा हवाई सेवा सुरु हुने, जापानसँगकाे श्रम सम्झाैता चाँडै

नेपाल र जापानबीच सीधा हवाई उडान हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोबीच बुधबार दुई देशबीच हवाईसेवा सम्झौता संशोधनपत्रमा हस्ताक्षर भएसँगै नेपाल वायुसेवा निगमका जहाजले सीधै जापान उडान गर्न पाउने भएका छन्।

निक्षेपको व्याजदर ९.२५% मा सीमित

पटक–पटक निक्षेपको व्याजदर बढाउने घटाउने सहमति गर्दै आएका बैंकरले बिहीबार पुनः व्याजदर घटाउने ‘भद्र सहमति’ गरेका छन्।  नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपाल, डेपुटी गभर्नरद्वय चिन्तामणी सिवाकोटी, शिवराज श्रेष्ठ लगायत उच्च अघिकारीले बढेको व्याजदर घटाउन दबाब दिएपछि बैंकरहरु व्याजदर घटाउन बाध्य भएका हुन्।

तीन बुँदे सहमतिपछि कटारी बजार खुल्यो

बजार अनुगमनको विरोध गर्दै उद्योग वाणिज्य संघको अगुवाईमा ३ दिनदेखि व्यापारीले गर्दै आएको उदयपुरको कटारी बन्द खुलेको छ। बन्दकर्ता र स्थानीय प्रशासन, प्रहरीबीच कटारी नगरपालिकामा भएको छलफलमा ३ बुँदे सहमतिपछि सोमबारदेखि बन्द भएको बजार खुलेको हो।

शिक्षा विधेयकमा निजी स्कुलको असहमति

निजी विद्यालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नमान्ने चेतावनी दिएका छन्।

पीडित पक्ष र अस्पतालबीच पाँच बुँदे सहमति

स्वास्थ्यकर्मीको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको हरिवनको स्थिति सामान्य बनेको छ । मृतकका आफन्त, अस्पताल व्यवस्थापन एवं प्रहरी प्रशासनबीच पाँचबुँदे सहमति भएकाे छ।  मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालतर्फ लगिएको छ।

डा केसीसँग भएकाे सहमति कार्यान्वयन संसदमार्फत अघि बढ्याे

डा गोविन्द केसीसँग भएका सहमति संसदमार्फत कार्यान्वयन शुरु भएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत गरेसँगै सहमति कार्यान्वयन अगाडि बढेको हो। अब विधेयकमाथि सांसदले संशोधन राख्नेछन्।

सरकार–केसी सहमतिको निहितार्थ

नेपाल सरकार र डा. गोविन्द केसीबीच सम्झौता भयो। हुनु नै थियो, भयो। धेरैले यो सम्झौतालाई डा. केसीको ज्यान जोगाउन गरिएको बाध्यात्मक सहमतिका रूपमा लिएका छन्।

चिकित्सा शिक्षा विधेयक परिमार्जनसम्बन्धी सहमति केलाउँदै सांसदहरु

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक परिमार्जनबारे सरकार र चिकित्सक डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिलाई सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले मसिनो गरी केलाउन थालेका छन्।

डा. केसी र सरकारबीच भएको सहमति संसदलाई जानकारी गराउन माग

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

नेपाल कम्युनिष्ट पार्टीले आफ्नो संसदीय दलको बैठकमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमतिबारे जानकारी गराएको छ।

२२ बुँदे सहमतिमा के छ? (पूर्ण पाठ)

चिकित्सा शिक्षा सुधारलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न माग राखेर विगत २७ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसी र सरकारबीच नौ बुँदे सहमति भएपछि डा. केसीले बिहीबार राति अनशन तोडेका छन्।

सरकारसँग २२ बुँदे सहमतिपछि डा. केसीले २७ दिन लामो अनशन तोडे

चिकित्सा शिक्षा सुधारका लागि १५ अाैं पटक अनशन बसेका डा. गाेविन्द केसीले अनशन ताेडेका छन्। सरकारसँग २२ बुँदे सहमतिपछि डा. केसीले २७ दिन लामाे अनशनलार्इ विहीबार राति अन्त्य गरेका हुन्। त्रिवि शिक्षण अस्पतालमा माथेमा आयोगका अध्यक्ष डा. केदारभक्त माथेमा र नेकपाको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जुस पिलाएर अनशन तोडाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्