१८ चैत्र २०८२ बुधबार
image/svg+xml

पूर्वप्रधानमन्त्री र गृहमन्त्रीपछि काठमाडौंका पूर्व प्रजिअ पनि पक्राउ

गत भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा बानेश्वरमा किशोरहरूको ज्यान जाने गरी भएको गोलीकाण्ड र दमनको आरोपमा उनलाई पक्राउ गरिएको हो।

धवलागिरिको माकुसका किसान जडीबुटीखेतीमा आकर्षित

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन्।

बैंकका कर्मचारीमाथि नै ग्राहकको एक करोड ६५ लाख रुपैयाँ हिनामिनाको आरोप : एक जना पक्राउ

दुई वर्षदेखि उनले सो कार्य गर्दै आएको प्रहरीसमक्ष बयान दिएको प्रहरी स्रोतले जनाएको छ। मेसेन्जरका रूपमा वर्षौँदेखि कार्यरत कार्कीले बैंकका अन्य कर्मचारीको विश्वास जित्दै आएका थिए।

आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै: यस्तो छ दुवै टोलीका सम्भावित प्लेइङ-११

महाराजा यादवेन्द्र सिंह स्टेडियमको पिच सन्तुलित मानिन्छ। सुरुमा तीव्र गतिका बलरलाई केही राहत मिले पनि खेल अगाडि बढ्दै जाँदा पिच ब्याटिङका लागि सहज हुने देखिन्छ।

पाेखरामा ‘नेपाल स्रष्टा समाज’ लाई स्वागत

माधव वियोगी वाङ्मय प्रतिष्ठान नेपाल, पोखराले ‘नेपाल स्रष्टा समाज’ का केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको स्वागत गरेकाे छ।

धोनीबिना चेन्नईको खराब सुरुवात: राजस्थानसँग ८ विकेटले पराजित

पूर्वकप्तान महेन्द्र सिंह धोनी चोट (क्याल्फ स्ट्रेन) का कारण कम्तीमा २ साता मैदान बाहिर रहनेछन्। त्यस्तै, दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिस पनि चोटका कारण सुरुवाती २-३ खेल गुमाउने छन्।

प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

छात्रवृत्ति रकम लामो समयसम्म वितरण नगरी रोकिएको र दिवा खाजाको रकम हिनामिना गरिएको अभियोग उनीहरूमाथि लगाइएको छ।

क्यान्सरको व्यवस्थापन

सन् १८४५ मा क्यान्सर सेल (कोष) पत्ता लागेपछि रोग निदान गर्न वैज्ञानिकहरूले अहोरात्र काम गरे, अन्तर्राष्ट्रिय समुदायले धेरै पैसा खर्च गर्‍यो।

लिम्बू मुन्धुमको सुवास ‘पेनिबा’

कथाकार सुरेश यक्सोले लिम्बू मुन्धुमी परिवेश र आधुनिक सहरको कोलाहललाई एउटै कसीमा राखेर न्याय गरेका छन्।

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छ: उपराष्ट्रपति यादव

महावीरले दिएको अहिंसाको शिक्षाले सबै प्राणीप्रति करुणा र दयाभाव राख्न सिकाउने र सत्यको पालनाले इमानदारी र नैतिकताको मार्गमा दृढ रहन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको कथन छ।

महावीर जैनको २६२५औँ जन्मजयन्ती: सत्य र अहिंसाको सन्देश फैलाउँदै मनाइँदै

जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँड्ने महावीर जैनको २६२५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।

प्रधानमन्त्री शाह आफैंले भेटघाट नगर्ने, कार्यालयलाई नै जिम्मेवार बनाउने

प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री कार्यालयलाई जिम्मेवार बनाउने र समस्याको समाधान त्यहीबाट गर्ने सन्देश दिएका छन्।

आज यी क्षेत्रमा मेघगर्जन, चट्याङ र हुरीबताससहित वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ।

समयमा पत्ता लगाउन सकिएन भने क्यान्सरले जीवन लान्छ: कार्यवाहक प्रमुख डंगोल

चिकित्सा विज्ञान-प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले समयमा क्यान्सर पहिचान गर्न नसकेकाले यो डरलाग्दो बनेको उल्लेख गर्दै कामपाले क्यान्सर पहिचानलाई प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गर्नु सकारात्मक कदमका रूपमा रहेको बताए।

लहानमा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहाकाे लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर-आत्माराम मुरारका ब्लड बैंक’ निर्माण हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्