काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजाललाई प्रहरीले सुविधानगरबाट पक्राउ गरेको छ।
गत भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनका क्रममा बानेश्वरमा किशोरहरूको ज्यान जाने गरी भएको गोलीकाण्ड र दमनको आरोपमा उनलाई पक्राउ गरिएको हो।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो। सोही आयोगको प्रतिवेदनका आधारमा यसअघि नै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।
प्रकाशित: १७ चैत्र २०८२ ०८:३४ मंगलबार

