१० मंसिर २०८१ सोमबार
image/svg+xml

६ वटा भए राष्ट्रिय पार्टी

नयाँ दर्ता भएका दुई पार्टीले संघीय संसद्मा स्थान पाएका छन्। निर्वाचन आयोगले शुक्रबार नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता भएको पत्र संसद् सचिवालयमा पठाएको थियो।

परीक्षा दिने वातावरण बनाउन सांसदको माग

सांसदहरुले कोभिड–१९ महामारीका कारण अध्ययनरत लाखौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सबै विद्यार्थीलाई खोप दिएर परीक्षामा सामेल हुने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गरेको ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएका हुन्।

राष्ट्रियसभा बैठकः जयसिंह धामीको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना

राष्ट्रियसभाका सांसदहरुले तुईन तर्ने क्रममा महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक स्वीकृत

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेकलाई विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो।

सांसदहरूले देखाए समस्यैसमस्या

राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरूले मुलुकमा जताततै समस्यैसमस्या देखाएका छन्। बैठकमा बोल्दै एमाले सांसद कोमल वलीले दार्चुला घटनामा सरकारले एक शब्द पनि बोल्न नसकेको बताइन्।

विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गरौँः सांसद गुरुङ

राष्ट्रियसभा सदस्य परशु राम मेघी गुरुङले विकास निर्माणको कामको एक पैसा बजेट पनि खेर नजाने गरी सदुपयोग गर्नुपर्ने बताएका छन्।

संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउँ: सांसद विमला राई

‘जबसम्म संक्रमणकालीन न्यायको मुद्दा टुंगिदैन, तबसम्म शान्ति प्रक्रिया हाम्रो टुंगिएको मानिँदैन। र हामीले विश्व सामु गौरव गर्ने ठाउँ पनि छैन। त्यसले गर्दा यदि कानूनमा कमी छ भने कानून संशोधन गर्न लिएर आउनुस्। हामी कानून संशोधन गरौँ। कानूनमा संशोधन गरेर यो कुरालाई टुंग्याउँ,' उनले भनिन्, 'अर्को चुनावमा जानुभन्दा अगाडी संक्रमणकालीन न्यायको मुद्दा टुंगियोस् भनेर मैले सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु।’

वर्तमान सरकार मुलुकमारा र गरिवमारा हुन नहुनेः रामनारायण बिडारी

‘संवैधानिक आयोग अपांग भयो। अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो। मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो,' उनले भने,'संसदको गरिमा पनि घट्यो। अदालतको आलोचना हुन थाल्यो। प्रधानन्यायाधिशमाथि प्रश्न उठ्न थाल्यो। संवैधानिक अंगहरु निष्प्रभावि भयो। संविधान विरोधीहरु खुसी भए। नेपाल विरोधीहरु नाच्न थाले। यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरु राजतन्त्रका कुरा माग्न थाले।’

‘मुलुकलाई बेहालबाट जोगाउन आत्मसमीक्षा गरौं’

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रतिगमन ल्याउने प्रमुख पात्र प्रधानमन्त्री केपी ओली भए पनि यो मुलुकको दुरावस्थाका निम्ती अन्य दलहरू पनि जिम्मेवार भएको बताएका छन्।

संघीयताको विषयमा सरकार आफै अनविज्ञः सांसद बिडारी

राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले संघीयताको विषयमा सरकार आफै अनविज्ञ रहेको टिप्पणी गरेका छन्।

राष्ट्रियसभा बैठकः दुई विधेयक पारित

राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल(पाचौँ संशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रियसभा बैठकः न्याय परिषद् र न्यायसेवा आयोगको प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा “न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७” पेश भएको छ।

राष्ट्रियसभा बैठक: राष्ट्रिय एकताका पक्षमा लाग्न आग्रह

राष्ट्रिय समस्या समाधानका लागि सबै राजनीतिक दलकाबीच राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिइएको छ।

राष्ट्रियसभा अधिवेशन अन्त्य

प्रतिनिधिसभा पुन: स्थापना भएको केही समयभित्रै मन्त्रिपरिषद्ले राष्ट्रियसभाको बर्खे अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि सोमबारबाटै लागु हुनेगरी राष्ट्रपतिबाट अधिवेशन अन्त्य गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्