भूकम्पको ४१ महिनापछि बल्ल सर्भे
भूकम्पले पूर्ण क्षति भएका जिल्लाका दुईवटा विद्यालय पुनर्निर्माणका लागि बल्ल सर्भे सुरु भएको छ। भूकम्पको ४१ महिनापछि नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवविजयी मावि पुनर्निर्माणका लागि सर्भे थालिएको हो।
भूकम्पले पूर्ण क्षति भएका जिल्लाका दुईवटा विद्यालय पुनर्निर्माणका लागि बल्ल सर्भे सुरु भएको छ। भूकम्पको ४१ महिनापछि नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नवविजयी मावि पुनर्निर्माणका लागि सर्भे थालिएको हो।
भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरको खोसिएको सेवा सुविधा पू्र्ववत् रुपमा कायम गर्न प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियशनले माग गरेको छ।
भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकको कालिका गाउँ जिल्लामा पुनर्निर्माण (व्यक्तिगत आवास निर्माण) सम्पन्न गर्ने पहिलो वडा बनेको छ। सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले पुनर्निर्माण सकेका हुन्।
ललितपुरको बुङमतीमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा खेलाँची गरिएको पाइएको छ। उपत्यकाको पुरानो र परिचित ऐतिहासिक जात्रा बोकेको मन्दिर बनाउन सडकका ठेकेदारलाई जिम्मा दिइएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासको पुनर्निर्माण चाँडो सक्ने उद्देश्यले काभ्रेका १३ वटै स्थानीय तहसँग समझदारी (एमओयु) गरेको छ। गाउँ–नगरपालिकाका प्रमुखहरुले अधिकार नपाएकै कारण पुनर्निर्माणमा ढिलाई भएको गुनासो गर्दै आएका थिए।
चिराचिरा थातथलो छोडेर हिमाली गाउँ सेलाङको काफ्ले डाँडा स्थित विस्थापित शिविरमा आश्रित भूकम्प पीडित एकीकृत बस्तीमा पुनर्स्थापित हुने भएका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घर–परिवारसम्मको एकीकृत बस्ती विकास गर्न स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्विचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन्।
धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकाय र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन्। उनले भने, ‘सिंहदरबार अब भत्काउनुपर्दैन्। प्रवलीकरण गर्ने हो। हामी टेण्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं। ढिलोमा १८ महिनामा काम सम्पन्न हुन्छ। हामीले १५ महिनामा सक्छौं भनेर अनुमान गरेका छौं। साह्रै ढिलो भयो भने पनि १८ महिनामा सम्पन्न गर्छौं।’
धरहरा पुनर्निर्माणको पूर्वाधार तथा सहजीकरणसँग जोडिएका निकायहरु र स्थानीय समुदायले धरहरा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
२०७२ वैशाखको महाभूकम्पले नेपालका कम्तीमा ३१ जिल्ला (अति–प्रभावित १४ जिल्ला र प्रभावित १७ जिल्ला) मा ठूलो जनधनको क्षति ग-यो । लाखौँ निजी र सार्वजनिक संरचनाहरू भत्किए । भत्किएका सार्वजनिक भवनहरूमा विद्यालय र स्वास्थ्य चौकी प्रमुख थिए ।
महत्वपूर्ण चाड दसैं मनाएपछि सिन्धुपाल्चोकका भूकम्पपीडित पुनः आवास पुनर्निर्माणमै सक्रिय भइरहेका छन् ।
महत्वपूर्ण चाड दसैँ मनाइसकेपछि सिन्धुपाल्चोकका भूकम्पपीडित पुनः आवास पुनर्निर्माणमै सक्रिय भइरहेका छन्।
भूकम्पले भत्किएको धरहरा यथावत् छाडेर नयाँ निर्माणका लागि तिहारअघि नै शिलान्यास हुने भएको छ। भत्किएको ‘भीमसेनस्तम्भ’ पुरानै अवस्थामा राखी सुन्धारा क्षेत्रमा अर्को बनाउन जमीन सम्याउने काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।