२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

पुनर्निर्माण प्राधिकरणविरुद्ध ७ सय मुद्दा

ओखलढुंगाका सात सय भूकम्प पीडितले सरकारले दिने अनुदान नपाएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणविरुद्ध मुद्दा हालेका छन्। लाभग्राहीको सूचीमा पीडितको नाम समावेश नभएको भन्दै प्राधिकरणविरुद्ध भूकम्प पीडितहरुले मुद्दा हालेका हुन्।

गाउँमा धमाधम घर बन्दै, सहरमा अझै अलमल

भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्यले पछिल्लो समय तीव्रता पाइरहेको छ । ग्रामीण क्षेत्रका भूकम्पपीडितले धमाधम घर बनाउन थालेका छन् । सहरी क्षेत्रमा भने अझै अलमलकै अवस्था देखिएको छ । विशेषगरी काठमाडौं उपत्यकाभित्र निजी आवास पुनर्निर्माणमा समस्या देखिएको हो।

काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरपालिकाले दियो थप ५ करोड

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले भत्किएको काष्ठमण्डप पुनर्निर्माण महानगरपालिकाकै खर्चमा गर्ने बताएका छन्। यसका लागि महानगरले थप ५ कराेड रुपैयाँ काष्ठमण्डप पुनर्निर्माण समितिलाई हस्तान्तरण गरेको छ।

पुनर्निर्माण अभियानमा १९ करोड

सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले आर्थिक वर्ष २०७४–७५ मा भूमि अधिकार अभियान र पुनर्लाभ तथा पुनर्निर्माण अभियानका कार्यक्रमका लागि १९ करोड ३१ लाख खर्च गरेको छ।

चारवटा एकीकृत बस्तीको योजना स्वीकृत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजना स्वीकृत गरेको छ।

बुङमती बस्तीको मौलिक पुनर्निर्माणमा जोड

भूकम्पले भत्काएको बुङमती बस्तीको पुनर्निर्माण मौलिक शैलीमा गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

तीन वर्षपछि बल्ला तेस्रो किस्ता

भूकम्प गएको तीन वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले खोटाङका भूकम्पपीडितलाई तेस्रो किस्ता वितरण सुरु गरेको छ। २०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पनका कारण घरविहीन बनेपछि पहिलो र दोस्रो किस्ता लिएर आवास निर्माण गरिरहेका लाभग्राहीलाई तेस्रो किस्ता दिन थालिएको हो।

उठ्दैछ सांस्कृतिक सहर दोलखा

भूकम्पले तहसनहस प्राचीन दोलखा बजारका सम्पदाको पुुनर्निर्माण भइरहेको छ। बजारका निजी घरसँगै मठमन्दिर, डबली, पाटीपौवालगायत वर्षौं पुराना सांस्कृतिक सम्पदा पुनर्निर्माण हुँदैछन्।

भूकम्पपछिको पुनर्निर्माण : घर बनाउनेलाई धमाधम सम्पन्न प्रमाणपत्र

सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले भूकम्पपछिको पुनर्निर्माण सकेका प्रभावितलाई आवास निर्माण सम्पन्न प्रमाणपत्र वितरण थालेको छ। वडा कार्यालयले मंगलबार एक कार्यक्रम गरी आवाशीय पुनर्निर्माण सकेका १ सय २८ भूकम्प प्रभावितलाई सम्पन्न प्रमाणपत्र वितरण गरेको हो।

घर त बन्यो तर बस्नै नमिल्ने

सडक किनारमा रहेका बस्तीभरि एकनासे घर बनेका छन्। एकतले ढलान घरमा दुई कोठा मात्र छन् । भान्सा भनेर छेउमा एउटा साँघुरो कोठा बनाइएको छ।

नेपालको पुनर्निर्माणबारे राष्ट्रसंघमा छलफल हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने 'विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजना' विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति दिने भएका छन्।

२३ सय लाभग्राही थपिए

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप २ हजार ३ सय ४५ भूकम्पपीडितलाई पुनर्निर्माण लाभग्राही (अनुदान पाउनयोग्य) सूचीमा सूचीकृत गरेको छ।

भीमसेन मन्दिर पुनर्निर्माणमा जुटे स्थानीय

ललितपुर पाटन क्षेत्रका व्यवसायी, स्थानीय र सरोकारवाला व्यक्ति भीमसेन मन्दिर पुनर्निर्माणमा जुटेका छन्।

अटेरी र उल्झनमा फसेका पीडित पुनर्निर्माणमा बाधक

भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोक पुनर्निर्माणमा अटेरी र विभिन्न व्यवहारिक तथा कानुनी उल्झनमा फसेका पीडित बाधक देखिएका छन्। उनीहरुकै कारण जिल्ला पुनर्निर्माण सम्पन्न हुनबाट पछाडि धकेदिने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्