२३ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

उपयोगी र व्यवस्थित छैनन् अनुदानका घर

२०७२ वैशाख १२ को भूकम्पले धेरैको बास खोस्यो। सहरबजारका पक्की घरमा धेरै क्षति नभए पनि ग्रामीण क्षेत्रका ढुंगामाटाका घर सबैजसो काम नलाग्ने भए। कतिपय घरको जग नै उखेलियो भने कतिपय घर ठाडै रहे पनि कतिपय धराप भएकाले बस्न नमिल्ने भयो।

घर हाेइनन्, गाेठ बने

भूकम्पपछि उद्धार, राहत हुँदै अहिले पुनर्निर्माणको काम चलिरहेको छ। सरकारले आवास निर्माणका लागि अनुदानस्वरुप तीन चरणमा गरी तीन लाख रकम प्रदान गरेको छ। तर भूकम्पको अनुदान लिएर बनेका निजी आवासहरु न घर न गोठजस्ता भएका छन्।

८१ प्रतिशत निजी आवास पुनर्निर्माण

भूकम्प गएको चार वर्ष पुग्दा ओखलढुंगामा ८१ प्रतिशत निजी आवास पुनर्निर्माण भएका छन्। पहिलो किस्ता लिएका २० हजार तीन सय ७६ लाभग्राहीमध्ये ८१ प्रतिशतले नयाँ घर बनाएका हुन्।

पहिल्यै घर बनाएका भूकम्पपीडित अनुदानबाट वञ्चित

२०७२ सालको भूकम्पलगत्तै घर बनाएका भूकम्पपीडितले हालसम्म अनुदान पाउन नसकेको भन्दै खोटाङका जनप्रतिनिधिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आलोचना गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार जिल्ला समन्वय समितिको हलमा आयोजना गरेको गुनासो तथा पुनरवलोकन कार्यविधिसम्बन्धी एकदिने अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिले २०७२ वैशाख १२ गतेको महाभूकम्पलगत्तै घर बनाएर बसिरहेका वास्तविक भूकम्पपीडितले हालसम्म राज्यको अनुदान पाउन नसकेको बताए।

पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरु काममा फर्कन सहमत

भूकम्पपछिको पुनर्निर्माणमा कार्यरत इन्जिनियर प्राविधिकहरु काममा फर्कन सहमत भएका छन्।  नेपाल इन्जिनियर्स एशोसियशनको मध्यस्थतामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकहरुबीच भएको छलफलमा प्राविधिकहरुले आफूहरुका माग सम्बोधन भइसकेकाले तत्काल काममा फर्कने प्रतिबद्धता व्यक्त जनाएका हुन्।

पुनर्निर्माण योजनाबारेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा भएको थियो।

इन्जिनियरको राजीनामामा पिनको आपत्ति, कार्यक्षेत्रमा नजानेमाथि कारवाहीको माग

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)ले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुको सामूहिक राजीनामाको विषयमा आपत्ति जनाएको छ।

तीन वडा सम्मानित

चौथो भूकम्प स्मृति दिवसमा निजी आवास पुनर्निर्माणमा अधिकतम प्रगति हासिल गर्ने नुवाकोटका तीनवटा वडा सम्मानित भएका छन्।

सावधानी र पुनर्निर्माणमा खेलाँची

२०७२ वैशाख १२ गते मुलुकमा भूकम्पले ठूलो क्षति पु¥यायो। नेपालका लागि यो स्मरणीय प्राकृतिक विपत्तिको घडी हो। मानवीय क्षतिका हिसाबले पनि यो ठूलो घटना हो। तर, थाहा नहुनेगरी जुनसुकै बेला पनि हुन सक्ने यस्ता आपत्विपद्बाट जोगिन गरिने तयारी भने न्यून छ। विनासकारी भूकम्पको चार–चार वर्ष बित्दा पनि सरकारले त्यतिबेला भएको क्षति फर्काउन अझै सकेको छैन।

पुनर्निर्माण प्राधिकरणका चार हजार प्राविधिकद्वारा सामूहिक राजीनामा

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका करिब चार हजार प्राविधिकले बिहीबार सामूहिक राजीनामा घोषणा गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफूहरुको माग पूरा नगरेको भन्दै उनीहरुले राजीनामा घोषणा गरेका हुन्।

इन्जिनियरहरुको सामुहिक राजीनामा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिव ४ हजार इन्जिनियरहरुले बिहीबार पत्रकार सम्मेलन गर्दै सामूहिक राजीनामाको घोषणा गरेका छन्।

प्रधानमन्त्रीको दाबी– २० महिनाभित्र भूकम्पले भत्काएका सबै संरचना बन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अब २० महिनाभित्र २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्याएका सबै संरचना निर्माण भइसक्ने दाबी गरेका छन्। गोरखा भूकम्पको चौथो स्मृतिसभाको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही सम्पदाबाहेक निजी आवास र सरकारी भवनहरू निर्माण भइसक्ने दाबी गरेका हुन्।

भक्तपुरमा भूकम्पबारे अन्तर्राष्ट्रिय सम्मेलन

इन्जिनियरिगङ र विपद्पछिको पुनर्निर्माण योजनाबारे दुई दिने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि भक्तपुरमा हुने भएको छ।

महाभूकम्पका चार वर्ष

महाभूकम्प गएको (२०७२ वैशाख १२) ४ वर्ष पूरा भएर पाँचमा लाग्यो। त्यतिबेलाका कहालीलाग्दा दृश्य र भोगाइ हाम्रो स्मरणबाट बिस्तारै धूमिल हुँदै गएका छन्। भूकम्पबाट क्षति भएका संरचना छिटो, सुरक्षित र व्यवस्थित रूपमा पुनर्निर्माण गर्न सरकारले गठन गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम सुरु गरेको पनि ३ वर्षभन्दा बढी भइसक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्