९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रदेश १ मा शुक्रबार सार्वजनिक बिदा

वैशाख ३१ गते शुक्रबार मुस्लिम धर्मावलम्बीहरूको चाड इदुलफित्र परेकाले प्रदेश १ मा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

जारी त्रिदेशीय क्रिकेट सिरिज दर्शक विनानै खेलाइदैँ

त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ। टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ।

मलाई तराईमा पस्न नदिए पनि पानी पसाइदिन्छु : प्रधानमन्त्री ओली

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीमा देखापरेको विभाजनप्रति लक्षित गर्दै पिलो निचोरिँदैमा शरीरको ओजन नघट्ने बताए। उनले केहीकेही पिलो निचोरिएर तथा उछिट्टिएर जाने भएकाले चिन्ता नगर्न कार्यकतालाई आग्रह गरे। उनले पार्टी एकताको प्रयासमा प्रहार भएको भन्दै हावाहुरीले हाँगा भाँच्ने र केहीकेही ठाँउमा पहिरो खस्ने बताए।

घरघरमा नमाज पढेर मनाइयो बकर ईद

इस्लाम धर्मावलम्बीको दोश्रो महान चाड बकर ईदमा समेत ईदगाहा र मस्जिद सुनसान बनेको छ । ईद र बकर ईदमा मुस्लिम समुदायले ईदगाहा र मस्जिदमा गई सामूहिक नमाज पढ्ने चलन छ ।

आज बकर इदः घरघरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको अपिल

मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। रमजान वर्षको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।

मुस्लिम धर्मावलम्बी बकर इद मनाउँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

छिमेकीबाट व्यवसायिक फाइदा लिएर मात्र मुलुक समृद्ध बनाउन सकिन्छ : भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यवसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन्। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए ।

इद पर्व मनाउने क्रममा सरलता अपनाउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इदमा कोरोना भाइरसबाट बच्न सरलता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री खानले शुक्रबार सो आग्रह गरेका हुन ।

आज इदको दिन भारतका सबैजसो मस्जिद बन्द

आज मुस्लिम समुदायका नागरिकको ठूलो पर्व इद उल फित्रका दिन नयाँ दिल्लीलगायतका भारतका अधिकांश स्थानका मस्जिदहरु बन्द रहेका छन् ।

इद उल फित्रमा कोरोना अन्त्यको प्रार्थना

नेपालगञ्जका मुसलमान धर्मावलम्बीले इद उल फित्र पर्वको विशेष नमाजमा कोरोना भाइरस अन्त्यको प्रार्थना गरेका छन्।

इदले प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छः मुख्यमन्त्री पोेखरेल

मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक विविधता भएको मुलुक नेपालमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको बताएका छन्।

इद उल फित्रको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुधार्मिक, बहुजातीय,बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको बताएका छन् । इस्लाम समुदायले मनाउँदै आएको इद उल फित्रको अवसरमा शुभकामना दिँदै सो कुरा बताएका हुन् ।

वेसार हालेको चियाको फाइदा

नेपालमा वेसार बिना दैनिक खानाको परिकार बन्दैन। वेसार नभएको खाना खाने चलन दुर्लभ भेटिन्छ। यहाँ हामी वेसारका के कति फाइदा छन् भन्ने बारेमा छलफल गछौं।

चकलेटः कति फाइदा कति बेफाइदा

टिनएजका केटाकेटीले अमिलो–पीरो मन पराएजस्तै बालबालिकाले गुलियो मन पराउँछन् । यो उनीहरूको स्वभाव हो । गुलियोको मात्रा अत्यधिक हुने चकलेट अहिले गाउँदेखि सहरसम्म गरिबदेखि धनीसम्म, सबैको पहुँचमा छ । बजारमा सबैतिर पाइने सस्तादेखि महँगासम्म धेरै प्रकारका चकलेट अहिले सजिला कोसेली र उपहार पनि भएका छन् ।

'ग्रिन टी'का फाइदा–बेफाइदा

ग्रिन टीले मस्तिष्कको गतिविधिमा पनि प्रभाव पार्छ ः ग्रिन टी नियमित सेवन गर्नाले मस्तिष्कको प्रक्रियामा अल्जाइमर र अल्जाइमरको रोकथाम गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्