१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

आज बकर इदः घरघरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको अपिल

फाइल तस्वीर

मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। रमजान पर्षको ७० औं दिनमा मनाइने मुस्लिम समुदायको दोस्रो महान पर्व बकर इदमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्।

नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ। विगत वर्षहरुमा बकर इदको दिन दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गरेको भएपनि यो वर्ष भने सुनसान देखिएको छ। विश्वव्यापी बनेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम समुदायले घरघरमै नमाज पढेर बकर इद बनाउँदै छन्।

राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घरघरमै बसेर नमाज पढ्न आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना संक्रणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताए। वर्षमा एकपटक मात्रै आउने पर्व भएकाले केही असहज भएपनि देशवासीका लागि यो कदम चालिएको उनले बताए।

इदका अवशरमा मक्का मदिना जानु शुभ मानिने भए पनि यस वर्ष कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानसमेत बन्द रहेको छ। जसका कारण हजयात्री मक्का मदिना जान पाएका छैनन्। यस पर्वमा अल्लाहलाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन्।

प्रकाशित: १७ श्रावण २०७७ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App