७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इद पर्व मनाउने क्रममा सरलता अपनाउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इदमा कोरोना भाइरसबाट बच्न सरलता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री खानले शुक्रबार सो आग्रह गरेका हुन ।  मुस्लिम समुदायको महान पर्व इदको समयमा हुने भीडभाडका साथै अरु पनि सम्भावित जोखिमबाट बच्नका लागि उनले पाकिस्तानका सबै देशबासीलाई आग्रह गरेका हुन ।  

उनले इदको समयमा यो भाइरसबाट बच्नका लागि यहाँका नागरिकले सरलता अपनाउनुपर्ने, बढी भीडभाड र तडक भडक गर्न नहुने भन्दै सबै पाकिस्तानी जनतालाई यसका लागि आग्रह गरे । उनले गत मे महिनामा मनाइएको रामजानका बेलामा धेरै नागरिकले मुखमा मास्क पनि नलगाएका र निकै ठूलो संख्यामा भीडभाडका साथ उपस्थिति हुने गरेका भन्दै यसका कारण संक्रमण बढेको तर्फ सबैले सोच्नुपर्ने बताए । त्यसैले आगामी इद पर्वका बेलामा पनि सबै नागरिकले सामान्य जीवन शैली र सरलताका माध्यमबाट पर्व मनाउने तर्फ लाग्नुपर्नेमा आग्रह गरेको सो समाचारमा उल्लेख गरिएको छ ।

पकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएको पाइएको छ । त्यस कारण पनि विश्व स्वास्थ्य संगठनले पाकिस्तानमा नयाँ ढंगको लकडाउन नै अपनाउनुपर्ने सुझाव पनि यसअघि देखि नै दिँदै आएको बताइएको छ । यसै क्रममा पाकिस्तानका प्रधानमन्त्री खानले पनि शुक्रबार सो आग्रह गरेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको भन्दै ती देशहरुमा लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्ने बताएको हो ।

ती देशहरुमा मृत्युको दर पनि बढ्दै गएको देखिएको छ । ती देशहरुमा कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले बृद्धि भएको पाइएको सो संगठनले जनाएको छ ।

प्रकाशित: ३ श्रावण २०७७ १४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App