coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

घरघरमा नमाज पढेर मनाइयो बकर ईद

कपिलवस्तु नगरपालिका–४ छोटकी तौलिहवस्थित बडकी मस्जिद ।

इस्लाम धर्मावलम्बीको दोश्रो महान चाड बकर ईदमा समेत ईदगाहा र मस्जिद सुनसान बनेको छ । ईद र बकर ईदमा मुस्लिम समुदायले ईदगाहा र मस्जिदमा गई सामूहिक नामाज पढ्ने चलन छ । यस वर्ष कोरोना भाइरसका कारण ईद र बकर ईदमा समेत त्यहाँ नवाज पढिएन । ईद र बकर ईदमा मुस्लिम समुदायको भीड रहने ईदगाहा र मस्जिद भने यस वर्ष कोरोना भाइरसले गर्दा सुनसान बनेको मुस्लिम अगुवाहरु बताउँछन् । मुस्लिमहरुको संख्या बढी रहेको कपिलस्तुमा यस वर्ष घरमा परिवारसंगै नमाज पढेर बकर ईद मनाइएको छ । जिल्लामा मस्जिद र ईदगाहा गरी ३ सयको हाराहारीमा छन् ।  

मस्जिद र ईदगहामा नमाज पाठ गर्न नपाएकोमा खल्लो लागेको मौलानाहरु बताउँछन् । कोरोना भाइरसका कारण यस वर्ष ईद र बकर ईदमा समेत ईदगाहा र मस्जिदमा नमाज पढ्न नपाएकोमा खल्लो लागेको मुस्लिम अगुवा रउफ अहमद खाले बताए । आफूहरुले घर मै परिवारसंग नमाज पढेर ईद बनाएको उनले बताए । कोरोना भाइरसबाट मुक्ति मिलोेस तथा  मुलुकको स्थिरता, शान्ति अमनचयनको कामना गरिएको उनले बताए । 

अरबी क्यालेन्डर अनुसार हिजरी सम्बतको जिलहिज्जा महिनामा बकर ईद पर्ने गर्दछ । उनीहरुले घर घरमा खसीको कुर्वानी (बली ) दिएर पर्व मनाएका हुन । मुस्लिमहरुको सबैभन्दा ठूलो चाड मनाएको ७० दिनपछि बकर ईद आउने गर्छ । बकर ईदमा खसीहरुको कुर्वानी ( बली ) दिई आफन्त नातागोता तथा इष्टमित्रसंग खुसी साटेर मनाइने गरिन्छ । बकर ईदको तयारीका लागि मुस्लिम समुदायहरुले आफ्नो क्षमता अनुसारको खसी किनेर बलि दिने गरेका छन् । यो चाड उनीहरुले तीन दिनसम्म मनाउने गर्दछन् ।

आफ्ना अनुयायी हतरत ईब्राहीम अलहीस सलामलाई अल्लहले सबै भन्दा प्रिय चिज कुर्वानी गर्न गरेको अल्लाहको आदेश अनुासार उनले आफ्नो छोरा ईस्माईल अलहीस सलामलाई कुर्वानी दिन खोजेका थिए । त्यसै बेला अल्लाहको अर्शिवादले छोराको ठाउँमा दुम्भ अर्थात् भेडा जस्तो देखिने चौपाया कुर्वानीका लागि पठाएका थिए । यसैको स्मरणमा बकर ईद मनाईन्छ भने साउदी अरबस्थित हज अराफात भन्ने पर्वतमा गई हज यात्रीले कुर्वानी दिने चलन रही आएको मुस्लिम धर्मगुरु बताउँछन् ।  

साढे ५२ तोला चाँदी र साढे सात तोला सुन भएको मुस्लीमले अनिवार्य खसी वा राँगा कुबानी दिनु पर्ने प्रावधान छ । कुर्वानी दिइएको खसी मध्ये एक भाग गरीब गुरुवा, एक भाग आफन्त र नातगोता तथा एक भाग कुर्वानी दिनेले राख्ने चलन छ । बक्राईद कै अवसरमा साउदी अरबमा स्थि मक्का मदिनामा हज जाने गर्दछन् । तर यस बर्ष कोरोना भाईरसका कारण हज यात्रालाई रोकिएको छ । मुस्लिमको पाच स्तम्भमध्ये हजलाई पनि एक मानिएको छ ।

प्रकाशित: १७ श्रावण २०७७ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App