१० मंसिर २०८१ सोमबार
image/svg+xml

संविधान संशोधनपछि मात्रै चुनावको मिति घोषणा हुन्छः मन्त्री निधि

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गर्ने बताएका छन्। निधिले एमालेले खोक्रो राष्ट्रवादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए।

स्थानीय चुनाव गरेर संविधान संशोधनः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले मधेसको माग पूरा गर्नु पर्ने आवश्यकता रहेको बताएका छन्। पार्टीको उदयपुर २ नम्बर क्षेत्रीय समितिको आयोजनामा गाईघाटमा बिहीबार सम्पन्न कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले मधेसको माग पूरा गराएर छाड्ने प्रतिबद्धता जनाए।

'चुनाव नभए संविधान असफल हुने खतरा'

छोराको उपचारका लागि बेलायतको भ्रमणमा आएकी नेपाली काँग्रेसकी सांसद तथा नेतृ आरजु देउवाले नेपालमा छिट्टै चुनाव नभए संविधान असफल हुने खतरा रहेको बताएकी छन्।

संविधान संशोधन विधेयक पारित नभए पनि चुनावको मिति तोकिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पारित हुन अफ्ठ्यारो परेको खण्डमा पनि मधेसी मोर्चासँग सहमति गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने बताएका छन्।

संविधानसभा चुनावमा बाँडेको १ करोड जोड्न अपराधमा लागेको होदाको बयान

हत्याजस्ता जघन्य आपारधिक गतिविधिमा संलग्न भएको अभियोगमा दुबईबाट पक्राउ परेका प्रशुरामपुर ४ का समसुल होदासहित पाँच जनालाई मंगलबार बारा प्रहरीले सार्वजनिक गरेको छ ।

संविधान संशोधनमा कांग्रेस सक्रिय

कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान  संशोधन विधेयक पास गराउन सक्रियता देखाएका छन्। देउवाले सोमबार माले महासचिव सिपी मैनालीसँग भेट गरी संशोधन विधेयक पारित गराउन सहयोग मागेका छन्। संशोधन विधेयक पास भएमा राजनीतिक समस्या सामधान हुने भन्दै सहयोग गर्न उनले मैनालीलाई आग्रह गरेका थिए।

सरकारको प्राथमिकता संविधान संशोधन : निधि

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन्।

मोर्चालाई कांग्रेसको आश्वासन: संविधान संशोधनपछि चुनाव

नेपाली कांग्रेसले मधेसी मोर्चालाई संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक पास गरेर मात्र चुनावमा जाने आश्वासन दिएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मोर्चाका नेतालाई यस्तै आश्वासन दिएका थिए।

विदेशबाट सांसद भाडामा ल्याएमात्रै संविधान संशोधन प्रस्ताव पारित हुन्छ : महासेठ

रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको संविधान कार्यान्वयन हुन नदिन विदेशी शक्ति र सरकार लागि परेको आरोप लगाएका छन्।

'संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म चुनावको मिति घोषणा हुँदैन'

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले संविधान संशोधन प्रस्ताव टुँगो नलागेसम्म निर्वाचनको मिति घोषणा नहुने दाबी गरेका छन्।

संविधान संशोधन परिमार्जनसहित पारित गराउने सहमति

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचन गराउने कार्यलाई सँगसँगै अघि बढाउन चाहिरहेकाले अन्यथा नसोच्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरेका छन्।

संविधान संशोधन नगरी चुनावमा गए आन्दोलन आन्दोलनः अध्यक्ष यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार निरङ्कुश ढंगले अघि बढेको आरोप लगाएका छन्।

संविधान संशोधनबिना मोर्चा चुनावमा भाग लिँदैनः अध्यक्ष भण्डारी

संविधान संशोधनबिना मधेसी मोर्चा कुनै पनि निर्वाचनमा भाग नलिने राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले बताएका छन्।

संविधान कार्यान्वयन गर्न चुनावमा जानुपर्छ: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्नका लागि सबै दलहरु चुनावमा जानुपर्ने बताएका छन् । सबै दलको सहमतीमा मात्र चुनाव सफल हुने उनको भनाई छ ।

संविधान संशोधन राष्ट्रिय हित विपरीत : पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हित विपरीत भएको बताएका छन्। प्रेस चौतारी नेपाल, कास्कीले मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले यो राष्ट्रिय हित विपरीतको संशोधन प्रस्तावलाई एमालेले संसद्मा मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्