१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

संविधान कार्यान्वयन गर्न चुनावमा जानुपर्छ: देउवा

नेपालगन्ज–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्नका लागि सबै दलहरु चुनावमा जानुपर्ने बताएका छन् । सबै दलको सहमतीमा मात्र चुनाव सफल हुने उनको भनाई छ ।

नेपाली कांग्रेसका सर्वमान्य नेता एवम् लौहपुरुष स्व. गणेशमान सिंहको शालिक अनावरण कार्यक्रमलाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले सरकारले स्थानीय तह, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन गराउने तयारी गरिसकेकाले चुनावमा जानुको विकल्प नभएको बताए ।

‘चुनाव भएपछि मात्र संविधान कार्यान्वयन हुने हो, नत्र अहिलेसम्म प्राप्त सबै उपलब्धी गुम्ने खतरा छ,’ सभापति देउवाले भने ।

‘चुनाव भएपछि मात्र संविधान कार्यान्वयन हुने हो, नत्र अहिलेसम्म प्राप्त सबै उपलब्धी गुम्ने खतरा छ,’ सभापति देउवाले भने । उनले चुनावको तयारीमा रहन आफ्ना, नेता कार्यकर्तालाई निर्देशन दिए । स्वर्गीय नेता गणेशमानको योगदान नेपाली राजनीतिका लागि अविस्मरणीय रहेको बताए ।

सो अवसरमा बोल्दै कांग्रेस नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकको राजनीतिक स्थिरता कायम गर्न र संविधान कार्यान्वयन गर्न चुनाव अपरिहार्य भएको बताए ।

‘संविधानलाई क्रियाशिल बनाउन चुनावमा जानुपर्ने अवस्था छ, यो कुरालाई सबै राजनीतिक दलले बुझ्नुपर्छ,’ सिंहले भने । २०७४ माघ ७ गतेभित्र मुलुकमा स्थानीय तह, प्रादेशिक र केन्द्रीय तहको निर्वाचन गराउनुपर्ने अवस्था रहेको र परिर्वतनलाई संस्थागत गर्न भएपनि सबै राजनीतिक दलले सहभागित जनाउनुपर्ने धारणा उनले राखे ।

निर्माण समितिका संयोजक एवम् सांसद मैकुलाल बाल्मिकीका अनुसार करिव १८ लाख रुपैयाँको लागतमा स्व. गणेशमान सिंहको शालिक लगायतका पुर्वाधार निर्माण भएको हो । यसका लागि स्थानीय विकास मन्त्रालयले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रकाशित: ११ माघ २०७३ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App