५ मंसिर २०८१ बुधबार
image/svg+xml

उडेको ३४ सेकेन्डमै दुर्घटना !

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ। भिटु ट्र्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो। भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टरनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि नियाल्ने प्रविधि हो। यो प्रविधिका अनुसार हेलिकोप्टरले बुधबार १२ बजेर ३४ मिनेटमा पाथीभरा मन्दिरमा रहेको हेलिप्याडबाट भुँइ छाडेको देखिएको छ।

लापरबाहीले लियो ज्यान

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा निकायको सल्लाहअनुसार नै बेलायतको राजकीय भ्रमण स्थगित गरे। सेन्ट्रल सेक्युरिटी सर्भिस (सिसिएस) का अधिकारीको सल्लाहअनुसार ट्रम्पको पूर्वनिर्धारित बेलायत भ्रमण रद्द भयो।

महाकालीमा जीप खस्यो, नाबालकसहित ११ जनाको मृत्यु

जीप दुर्घटनामा परी नाबालक सहित ११ जनाको मृत्यु भएको छ। जिल्ला सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जीप दुर्घटना हुँदा नाबालक सहित ११ जनाको मृत्यु भएको तथा १ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतले जानकारी दिए।

मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ। बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएको मन्त्री अधिकारीको गृहनगरस्थित रामघाटमा अन्त्यष्टि गरिएको थियो।

मन्त्री अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने

मन्त्री रवीन्द्र अधिकारीको मृत्यु संस्कार सात दिनमै सकिने भएको छ। मन्त्री अधिकारी मृत्यु संस्कार १३ दिनबाट घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण सात दिनमै मृत्युको संस्कार सकिने पारिवारिक स्रोतले जनाएको छ।

हितैषी नेतालाई श्रद्धासुमन !

एउटा पत्रकार र नेताबीच के सम्बन्ध हुन्छ ? पत्रकारका लागि नेता सूचनास्रोत हो भने पत्रकार त्यो सूचनाको संवाहक। दुई दशकभन्दा बढीदेखि पत्रकारितामा अभ्यास गर्दा पनि धेरै नेता मेरा लागि सूचनस्रोत मात्रै हुन्। तर औंलामै गन्न सकिने केही नेता छन्, जो मेरा लागि सूचनास्रोत मात्रै होइनन्। ती मेरा नजिकका मित्र हुन्। शुभचिन्तक हुन्। अनि म उनीहरूको।

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहजिल्ला पोखरा लगिएको छ। दाहसंस्कारका लागि उनको पार्थिव शरीर पोखरा लगिएको हो।

मन्त्री अधिकारीको पर्थिव शरीर पोखरा लगियो, रामघाटमा अन्त्यष्टि गरिने

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहजिल्ला पोखरा लगिएको छ। दाहसंस्कारका लागि उनको पार्थिव शरीर पोखरा लगिएको हो।

अकस्मात् बन्याे पाथीभारा यात्रा

बिहानको ८ः३० भएको थियो, काठमाडौंबाट हेलिकोप्टर उड्दा। हेलिकोप्टरमा थिए संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अंगरक्षक जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसी। गन्तव्य थियो तेह्रथुमको चुहानडाँडा। त्यहाँ विमानस्थल निर्माणका लागि सम्भाव्यता अवलोकन गर्न गएको मन्त्री अधिकारीसहितको टोली चुहानडाँडा पुग्दा बिहानको ९ः५४ बजेको थियो।

सम्झना, आलोचना र सुसंस्कार

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा हामीले धेरैजना गुमायौँ। असल मान्छे गुमायौँ। मैले प्रत्यक्ष चिनेको भने रवीन्द्रमात्रै थिए। उनका जुनसुकै उपलब्धिमा मलाई खुसी लाग्थ्यो। उनी अप्ठ्यारामा पर्दा दुःख लाग्थ्यो। केही समययता जे÷जस्ता हल्ला भए पनि उनी आफैँ नै भ्रष्ट होलान् भन्ने मैले कहिल्यै विश्वास गरिन। त्यो उमेरका नेतामध्ये मलाई बढीनै मन पर्ने थोरै नेतामध्ये एक थिए उनी।

अधिकारीको अन्तिम सम्बोधन

ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा नेता रवीन्द्र अधिकारीले तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा गरेको सम्बोधन नै उनको अन्तिम औपचारिक काार्यक्रम बन्न पुगेको छ। उनले कार्यक्रममा हवाई मैदान बनाउनेदेखि देशको समृद्धिबारे बोलेका थिए। उनको सम्बोधनको सम्पादित अंश –

बारम्बार किन हुन्छ ताप्लेजुङमा दुर्घटना ?

उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरू कुनै कारण छन् भन्ने बहस सुरु भएको छ। बुधबार पाथीभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा प-यो। ताप्लेजुङमा यस्तै खालको करिब १३ वर्षअघि पनि भएको थियो। घटना दोहोरिएसँगै यसको कारण अनुमान लगाउनेहरूले अनेक बहस थालेका छन्।

कष्टकर ढंगले रात काट्यौं : उद्धारकर्ता

‘बुट्टा समाएर र ढुंगाको आड लिएर रात बितायौं। पानी परिरहेको थियो। चिसोले हात कठ्यांग्रिएर अडिन हम्मे परेको थियो। खानेकुरा केही थिएन। ११ बजेपछि कताबाट हो, अलिकति चाउचाउ र मकै आइपुग्यो। खाँदा दुवै हात प्रयोग भए खसिएला कि भन्ने डर। एक हातले बुट्टा समातेर अर्को हातले भेटेको अलिकति खानेकुरा खाइयो।’ ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परेपछि उद्धारका लागि काठमाडौंबाट आएका नेपाली सेनाका सिएआरटी टिममा कार्यरत मेजर चिरञ्जीवी चौलागार्इंको भनाइ हो यो।

हेलिकोप्टर दुर्घटनापछि अनेकौं अड्कलबाजी

ताप्लेजुङको पाथीभरा मन्दिर आसपासमा बुधबार मध्याह्न पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान लिएको हेलिकोप्टर दुर्घटनाका विषयमा अनेकौं अड्कलबाजी हुन थालेका छन् । स्थानीयले बाटो बिराएका कारण हेलिकोप्टर दुर्घटनामा परेको अनुमान गरेका छन् भने केहीले क्षमताभन्दा बढी वजन बोकेकाले भार थेग्न नसकी हेलिकोप्टर एक्कासि भुइँमा झरेको बताएका छन् । बढी वजन, गलत बाटो र हावाहुरीका कारण करिब ३ हजार मिटर उचाइको तारेभीरमा जहाज ठोक्किएको अड्कल गर्नेहरु थुप्रै छन् ।

आङछिरिङ शेर्पा पोर्टरदेखि अर्थतन्त्रको ‘खम्बा’

नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको बुधबार एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा निधन भयो। शर्माको निधनले पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको छ। शेर्पाको निधनले पर्यटन व्यवसायमा मात्र नभई सिंगो देशमै अपूरणीय क्षति पुगेको पासाङल्हामु शेपा प्रतिष्ठानका महासचिव बच्चुनारायण श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्