१९ असार २०८१ बुधबार
image/svg+xml

बुटबल क्यान इन्फोटेकको तयारी पूरा

मुलुकका प्रमुख सहरमा क्यान इन्फोटेक गर्ने उद्देश्यका साथ बुटबलमा सातौं स्टार्टअप क्यान इन्फोटेक हुने भएको छ । क्यान महासंघ, रुपन्देही शाखाले गर्न लागेको यो प्रदर्शनी फागुन २ देखि ६ गतेसम्म चल्नेछ।

वर्षमा एकचोटि जाँचे क्यान्सरबाट बच्न सकिन्छ

पाठेघरबाट रगत आउँछ ? दिसाबाट रगत आउँछ ? खाना खाएपछि बान्ता हुन्छ ? लामो समय खोकी लागिरहन्छ ? यीमध्ये कुनै लक्षण छन् ? छ भने बेलैमा परीक्षण गराउनुहोस् । छैन भने पनि परीक्षण गराउनुहोस् । सम्भावित क्यान्सरबाट बच्न सकिन्छ । तपाईंलाई पत्तै नपाई क्यान्सर लागिसकेको हुन सक्छ । क्यान्सर छिप्पिएपछि उपचारमा कठिन हुने भएकाले वर्षमा कम्तीमा एकपटक पूरै स्वास्थ्यजाँच गर्न चिकित्सकले सुझाएका छन्।

क्यान्सर परीक्षणमा नयाँ शोध

गलत केमोथेरापीका कारण बिरामी झन् शिथिल हुने र उसको उपचार खर्च बढ्ने प्रस्टै छ । त्यसैले क्यान्सर पूर्वअनुमान गर्न हालै पत्ता लागेको नयाँ परीक्षण विधि निकै उपयोगी हुने निश्चित छ।

आज विश्व क्यान्सर दिवस

‘अन्धविश्वासमा नबसौं’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाईंदैछ।

क्यान्सर उपचार नेपालमै सम्भव : विज्ञ

केही वर्ष अघिसम्म नेपालमा क्यान्सरको उपचार सम्भव छैन भन्निथ्यो तर अहिले त्यस्तो छैन । नेपाली स्वास्थ्य क्षेत्रले यसको उपचारमा फड्को मारेको छ । दुर्लभ र गम्भीर प्रकृतिका बाहेक धेरै क्यान्सरको उपचार नेपालमै सम्भव बन्दै गएको क्यान्सर बिशेषज्ञले बताएका छन्।

ब्लड क्यान्सर पीडित साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार बिहानैदेखि चरिकोटको मौसम चिसो थियो। एका बिहानै कठ्याङग्रीने चिसोमा सातदोबाटो चोकमा स्कुले पोशाकमा केही बालबालिका देखा परे।

क्यान इन्फोटेकमा ३ लाख ७६ हजार दर्शक

यस वर्षको क्यान इन्फोटेकमा तीन लाख ७६ हजार दर्शकले अवलोकन गरेका छन् । ६ दिनसम्म चलेको सुबिसु क्यान इन्फोटेक–२०१८ मंगलबार सम्पन्न भएको छ ।

चार लाखले अवलोकन गरे ‘क्यान इन्फोटेक’

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ मंगलबार सम्पन्न भएको छ।

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक–२०१८’ मा अवलोकनकर्ताको सहभागिता उत्साहजनक देखिएको छ ।

क्यान्सरको भयावह रूप

कृषिजन्य सामग्रीमा विषादी प्रयोगको अवस्था जुन हिसाबले विकराल बन्दै गएको छ त्यसको असर किसानमा परेको देखिन्छ । कृषिमा प्रयोग हुने रासायनिक विषादीले क्यान्सरसम्म गराउन सक्ने अध्ययनहरुले देखाउँदै आएको विषय हो ।

क्यान इन्फोटेकमा युवापुस्ताको आकर्षण (फोटो/भिडियो)

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको महामेलाका रुपमा लिइने क्यान इन्फोटेक अवलोकन गर्नेमा युवा वर्ग अग्रपंतीमा आउँछ। सुबिसु क्यान इन्फोटेक–२०१८ माघ १६ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ।

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई भत्ता

सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई जीवनवृत्ति भत्ता वितरण सुरु गरेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानअन्तर्गतको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा गई बिरामीलाई चेक हस्तान्तरण गर्दै भत्ता वितरणको औपचारिक सुरुवात गरे।

क्यान्सर बिरामीमा किसान बढी !

क्यान्सर उपचारका लागि अस्पताल आउनेमा कृषि पेसामा आबद्ध बताउने अधिक छन् । राष्ट्रिय क्यान्सर रजिष्ट्रीको १० वर्षे रिपोर्टमा यो विवरण उल्लेख छ । यो विवरणकै आधारमा क्यान्सर र कृषिबीचको सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ ।

क्यान इन्फोटेक आजदेखि

सुविसु क्यान इन्फोटेक मेला बिहीवारबाट काठमाडौमा शुरु भएको छ । कम्युटर एसोसिएशन अफ नेपालको आयोजनामा हुँदै आएको इन्फोटेक भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आगामी १६ गतेसम्म सञ्चालन हुनेछ । यसपालीको इन्फोटेक २४ औं संस्करण हो ।

क्यान इन्फोटेक–२०१८ को तयारी पूरा

सुबिसु क्यान इन्फोटेक–२०१८ को सम्पूर्ण तयारी पूरा भएको छ । क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी २४औं संस्करणको क्यान इन्फोटेकको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्