२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चुनावी आश्वासनमै सीमित

पहिला असार १७ र त्यसपछि साउन २७ तिर आएको बाढीले सप्तरीको तिरहुत गाउँपालिका तहसनहस बनायो । बाढीपछि पाँच महिना बित्न लागिसक्यो तर पीडितको दिनचर्या अझै सामान्य हुनसकेको छैन। असार १७ को बाढीपछि प्रधानमन्त्री, गृहमन्त्रीसहितको उच्चस्तरीय टोलीले यस क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढीपीडितको दैनिक जीवनसँग जोडिएका समस्या समाधानका लागि स्थानीय प्रशासनलाई तत्कालै काम थाल्न निर्देशन दिएको थियो । त्यसको केही साता नबित्दै अर्को भीषण बाढीले यस क्षेत्रलाई अस्तव्यस्त पारेको थियो।

नारा र आश्वासन सधैँ उस्तै

प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यका उम्मेदवारले मत माग्नका लागि जनतामाझ पस्किरहेका चुनावी अजेन्डामा खासै रस लिएका छैनन् मतदाताले । सधंै उही नारा उही आश्वासन र अजेन्डाभित्रका कुरा जति महत्त्वपूर्ण भए पनि चुनावका समयमा दलका नेता तथा उम्मेदवारले उठान गर्दा मतदाताले पत्याएका छैनन् ।

पुराना आश्वासन नेतालाई घाँडो

एमाले उपाध्यक्ष वामदेव गौतम ३० वर्षअघिदेखि बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा राजनीति गरिरहेका नेतामध्ये पर्छन् । राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली मानिने गौतम २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. १ मा उपाध्यक्ष गौतमकोे उम्मेदवारी अहिले छैटौं पटक हो ।

कार्यकर्ता नै पत्याउँदैनन् उम्मेदवारका आश्वासन

चुनावी सभामा होस् अथवा सञ्चारमाध्यममा बोल्दा नै किन नहोस्, प्रदेश र प्रतिनिधिसभा निर्वाचनका हरेक उम्मेदवारको नारा समान छ– समृद्धि । कस्तो समृद्धि ? समृद्धि प्राप्तिको बाटो र विधिबारे केही नबोल्ने उनीहरू हरेक चोकमा भाषण गर्दा भने आफूले जिते ‘मुलुकको समृद्धिका लागि जुट्ने’ रेडिमेड, अमूर्त र अस्पष्ट प्रतिबद्धता फलाक्दै गरेका भेटिन्छन् । तर अधिकांश उम्मेदवारका कुरा मतदाताले त के तिनकै पछिपछि लाग्ने कार्यकर्ताले समेत पत्याउँदैनन् ।

नमुना जिल्ला बनाउने आश्वासन बाँड्दै उम्मेदवार

बर्दियामा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमसहित बहालवाला तीन मन्त्री चुनावी मैदानमा छन् । वाम गठबन्धन र कांग्रेसका यी ‘हेभीवेट’ उम्मेदवार चुनाव जितेर पटकपटक मन्त्री बनिसकेका छन् ।

मन्त्रीको आश्वासन बाँड्दै ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री बनाउने अश्वासन बाँड्न थालेका छन् । पूर्वप्रधानमन्त्री ओलीले वाम गठबन्धनले दुईतिहाइ नसके स्पष्ट बहुमत ल्याउने दाबी चुनावी कार्यक्रममा गर्दै सम्भावित मन्त्रीका रुपमा पार्टीका उम्मेदवारलाई प्रस्तुत गर्ने थालेका छन् ।

अपत्यारिला आश्वासन

वार्षिक नीति तथा कार्यक्रमका आधारमा तय भएको बजेटसमेत खर्च नहुने मुलुकमा नागरिकले घोषणापत्रका आश्वासनअनुसार मुलुक अघि बढ्ला भनेर निश्चिन्त हुने आधार छैन । प्रत्येकपटक निर्वाचनमा अहिलेजस्तै घोषणापत्र जारी भएका छन् । तिनले दिने आश्वासन बितेका २५ वर्षदेखि यथावत् छन् ।

प्रधानमन्त्रीको आश्वासन : 'धैर्य गर्नुस्, पूरा सहयोग हुन्छ'

बाढीग्रस्त क्षेत्र अनुगमनमा निस्केका प्रधानमन्त्री शेरबहादुर देउवाले पीडित परिवारलाई सबै प्रकारको सहयोग गर्न सरकार तयार रहेको बताएका छन्। विपत्तिले सर्वसाधरण घरविहीन भएको उल्लेख गर्दै शिविरमा बसेका परिवारलाई सहज तरिकाले जीवनयापन प्रबन्ध मिलाउन सरकार जुटेको उनले स्पष्ट पारे।

जुम्लाबासीलाई टेलिफोनबाटै बाबुरामको आश्वासनः प्रत्येक गाउँमा विद्युत्, सडक र खानेपानी

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले टेलिफोनबाटै जुम्लामा भइरहेको आमसभालाई सम्बोधन गरेका छन्। मौसममा आएको खराबीका कारण जुम्ला नपुग्दै जहाज नेपालगञ्ज फर्केपछि जुम्लाको अमसभालाई टेलिफोनवाट सम्बोधन गरेका हुन्।

मोर्चालाई कांग्रेसको आश्वासन: संविधान संशोधनपछि चुनाव

नेपाली कांग्रेसले मधेसी मोर्चालाई संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक पास गरेर मात्र चुनावमा जाने आश्वासन दिएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि मोर्चाका नेतालाई यस्तै आश्वासन दिएका थिए।

डा. केसीका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले डा. गोविन्द केसीले उठाएका माग र मुद्दा राम्रोसँग अध्ययन गर्ने बताएका छन्। शुक्रबार बिहान डा. गोविन्द केसीको नेतृत्वमा आएको चिकित्सकहरुको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको दायित्व राज्यले लिनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्