२३ आश्विन २०८१ बुधबार
image/svg+xml

युवा तथा खेलकुद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक

युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन्।  शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफूले एक सय दिनमा गर्ने ३७ वटा कार्यको विवरण सार्वजनिक गरेका हुन्।

आठौं राष्ट्रिय खेलकुदको लोगो सार्वजनिक

प्रदेशको मौलिकतालाई प्राथमिकतामा राख्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो, गीत, नारा र मस्कट सार्वजनिक गरिएको छ । आठौं राष्ट्रिय खेलकुद प्रदेश नम्बर ५ मा आगामी वर्ष हुँदै छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार तयारी समिति प्रमुख विनोद मैनाली, कीर्तिमानी धावक हरि रोकायले लोगो, मस्कट सार्वजनिक गरेका थिए।

खेलकुदमा राजनीति अस्वीकार्य : बैकुण्ठ मानन्धर

ओलम्पियन धावक बैकुण्ठ मानन्धरले खेलकुदमा राजनीति स्वीकार्य हुननसक्ने बताएका छन्। राजनीतिका कारण सक्षम खेलाडी अघि बढ्न नसकेको उनको तर्क छ। जुम्लामा हुन लागेको प्रथम हेरिटेज ट्रेल रेसको उद्घाटनका लागि आइतबार जुम्ला पुगेका धावक मानन्धरले खेलाडीको भविष्य उज्जवल हुँदाहुँदै राजनीतिले पाखा लगाईदिने गरेको गुनासो गरे।

त्रिशूली नदीमा भोलिदेखि १६औँ जलखेलकुद प्रतियोगिता हुने

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा त्रिशूली नदीमा तीनदिने हिमालय ह्वाइटहाउस च्यालेन्ज नामक १६औँ जलखेलकुद प्रतियोगिता हुने भएको छ।  गत वर्ष झैँ भोलि मंगलबारदेखि बिहीबारसम्म धादिङदेखि चितवनसम्मको त्रिशूली नदीमा उक्त प्रतियोगिता गर्न लागिएको नाराका कोषाध्यक्ष शिशिर खनालले जानकारी दिए।

खेलकुदमन्त्रीद्वारा २६ बुँदे निर्देशन जारी : सदस्यसचिवका अधिकारमा कटौती

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवसँग रहँदै आएको असीमित अधिकारमा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कटौती गरेका छन् ।

आठौं राष्ट्रिय खेलकुदको मस्कट हात्तीको छावा

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मस्कटको निर्णय गरिएको छ । आगामी २०७५ साल पुस महिनामा मध्यपश्चिम क्षेत्रमा हुन लागेको उक्त प्रतियोगिताको मस्कट हात्तीको बच्चा (छावा) राख्ने निर्णय गरिएको हो  । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो ।

खेलकुदमन्त्रीको पुरानै प्रतिबद्धता

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले हरिहर भवनस्थित निवासमा आयोजित सम्मान, स्वागत तथा भेटघाट कार्यक्रममा पुगेका दक्षिण एसियाली तथा एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई पुरानै प्रतिबद्धता सुनाएर पठाएका छन् ।

खेलकुदले प्राथमिकता पाएन

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रले प्राथमिकता पाउन सकेन।

सोलुखुम्बुमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुँदै

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा अन्तर्राष्ट्रिय खेलकुद सम्मेलन हुने भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा २०७४ साल वैशाख १ गते सो सम्मेलन हुन लागेको हो

खेलकुदको विकासकालागि पाँच ‘प’को प्रवद्र्धन : सचिव दाहाल

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले पाँच ‘प’को प्रवद्र्धनलाई जोड दिइरहेको बताएका छन् ।

सुरक्षाको कारण देखाउँदै प्रशासनले रोक्यो खेलकुद

सुरक्षाको दिन नसक्ने भन्दै प्रशासनले बिहीबारदेखि हुने भनिएको सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड र २८ गते देखि हुने राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता रोकेको छ  ।

'खेलकुदका नाममा व्यापार'

वा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले खेलकुदको नाममा ब्यापार गर्ने प्रवृत्तिका कारण नेपाली खेलक्षेत्रले समस्या भोग्नु परेको बताएका छन्।

'आठौं राष्ट्रिय खेलकुदको गृहकार्य सुरु'

दुई वर्षपछि मध्यपश्चिममा हुने आठौं राष्ट्रिय खेलकुदका लागि मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समितिले क्षेत्रका सरोकारवालासँग छलफल थालेको छ। प्रतियोगिता व्यवस्थापनको काम महत्वपूर्ण भएकाले सरोकारवालासँग सुझाव र परामर्श लिन सुरु गरिएको क्षेत्रीय अध्यक्ष भिम ओलीले बताए।

'राष्ट्रिय खेलकुद, हर्ष न विस्मात'

नेपाली खेलकुदको सबैभन्दा ठूलो महोत्सव राष्ट्रिय खेलकुदको इतिहासले साढे तीन दशक पूरा गरेको छ। प्रत्येक दुई वर्षमा गर्ने उद्घोषसहित २०३८ सालमा सुरु भएको बृहत् खेलमेलाले ३५ वर्ष पूरा गर्दा अहिलेसम्म १७ संस्करण सम्पन्न भैसक्नुपर्ने थियो।

आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिममा, नवौं पश्चिमाञ्चलमा हुने

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अबको दुई बर्षपछि २०७५ मा मध्यपश्चिमाञ्चल क्षेत्रमा आयोजना हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्